
Srbpu
pku
Rgp1
Unsku
Lnp
Pbu
Ggp
Sgr
Rgp

Rsb
Rgu
Tsm
Sbs
Ssm
Ksm
Rgs
Hal
Wsp
Gst
Pvg
Asm
Sls
Ggd
Vor
nsb
Bbbpu
Bbu
Rgu

Gsb
sab
Pls
Jmb
Ptm
Jmb
Bml
bbt
Rmb
Mks
Abd
Syp
Rpp
दाङ । दाङमा जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ता शनिबार नेकपा (मााओवादी केन्द्र) मा प्रवेश गरेका छन् । जसपाको दाङ जिल्ला कमिटीको एक सय ५३ सदस्यीय रहेकोमा एक सय ३० जना भन्दा बढीको संख्यामा माओवादीमा प्रवेश गरेको जसपा दाङका अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिनु भयो ।
जसपा जिल्ला अध्यक्ष होमप्रसद शर्मा,उपाध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी,जिल्ला सचिव लक्ष्मी चौधरी सहितको जसपाको जिल्ला कार्यसमिति (माओवादी केन्द्र) मा समाहित भएको हो । यस्तै जसपाका केन्द्रिय सदस्य टोपवहादुर कार्की,प्रकाश चौधरी पनि (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।
नव प्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष कृष्णवहादुर महराले स्वागत गर्नुभएको छ । नयाँ प्रवेशीलाई स्वागत गर्दै महराले माओवादीमा प्रवेश गर्दा गौरव गर्न आग्रह गर्नुभयो । सबै नयाँ प्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, नव प्रवेशी साथिहरुलाई जिम्मेवारी दिन कन्जुस्याई नगर्नू सबैलाई आ–आफ्नौ हैसियत अनुसारको जिम्मेवारी दिनुस् ।
पार्टी प्रवेश कार्यक्रम तथा क्षेत्रीय बैठकको प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष महराले गठबन्धनका विचमा सिटबाँडको विषय अन्तिम चरणमा प्रवेश पुगेको बताउनुभयो । नेता महराले प्रतिनिधिसभाको लागि हालसम्म एक सय सिटको बाँठफाँड टुङगिसकेको बताउनुभयो । उहाँका अनुसार दाङको तीनवटै क्षेत्रमा नेपाली काङग्रेस र माओवादीको विचमा सहमति भएको भएपनि नेकपा एकिकृत समाजवादीलाई पनि सम्मानजनक सिट मिलाउँदा समय लागेको बताउनुभयो ।
यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले माओवादीले उठान गरेका मुद्धा धेरै सम्बोधन भएको बाँकी विषयलाई माओवादी आन्दोलन थप विषय पूरा गर्दै जाने बताउनुभयो । शनिवार लमहीमा भएको पार्टी प्रवेस कार्यक्रममा एकसय ६६ जना जसपाका पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेको माओवादी दाङ जिल्ल सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादीले जिल्लामा घर फर्क अभियान संचालन गरि माओवादी छाडेर अन्य पार्टीमा पुगेकालाई फर्काउने अभियान समेत संचालन भएको छ ।
