दाङ । देउखुरीको राजपुर गाउँपालिका २ नम्बर वडा नेकपा एमाले पार्टीका वडा अध्यक्ष अजुध्या प्रसाद चौधरी सहित अन्य ३ जनाले आधिकारिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
यसरी पार्टीमा प्रवेश गर्नेहरुमा नेकपा एमाले परित्याग गरि अजुध्या प्रसाद चौधरी र लिला यादव, नेकपा ( माओवादी केन्द्र) परित्याग गरि हरि बिक र यस अघि कुनैपनि पार्टीमा आस्थावान नभएका अनिस चौधरी पार्टीका क्षेत्रीय अध्यक्ष लिला यादव तथा क्षेत्रीय उपाध्यक्ष ऋषिराम घिमिरेले खादा ओढाएर स्वागत गर्नु भएको थियो ।
यी चारै जना राजपुर -२ निवासी हुन् । पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।