
Rgp
Cps
Pes
Rmb
Gfs
Lnp
Srbpu
pku
Sgr
Ggp
Pbu
Rgp1
sbs
Unsku
Djs
Gis
Sds
cjs
Rgp

Tsm
Hal
Rgu
Asm
Bbbpu
Sls
Bbu
Ksm
Sbs
Rsb
Wsp
Ssm
Vor
Rgu
nsb
Gst
Pvg
Ggd
Rgs

Rpp
Mks
bbt
Pls
Rmb
Jmb
Ptm
Abd
Gsb
Jmb
Syp
sab
Bml
दिगो तथा मर्यादित सामाजिक,आर्थिक सशक्तीकरण कार्यक्रम सिड्स भन्ने मुल नाराको साथमा तिजको अवसर पारेर महिला हिंसा अन्त्यका लागि सडक नाटक तथा तिज विशेष कार्यक्रम सोमबार दाङ,देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ रामनगरमा सम्पन्न भएको छ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स कार्यक्रमको सहयोग तथा कोशेली ग्रेजुयट फोरम रामनगर चेतना साथी संजालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न नृत्य तथा जनचेतनामूलक सडक नाटक समेत प्रदर्शन भएको थियो ।
खयर भट्टी तथा रामनगर टोल सुधार समितिका अध्यक्ष नुमलाल सुनारको अध्यक्षता तथा राजपुर गाउँपालिका उपाध्यक्ष एवं न्याय समितिका संयोजक धनपती देवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि यादवले सडक नाटक द्वारा आफ्नो गाउँ-घरमा घट्ने यथार्थ घटनालाई देखाएर जनचेतना फैलाउने कार्यले पनि धेरै प्रभाव पार्ने बताउनु भएको हो । त्यस्तै उहाँले अहिले समाजमा पुरानै लोकारित नै बढी रहेको हुँदा अब नयाँ धारलाई अंगालदै नयाँ परिवर्तनको मोडमा समाजलाई ढाल्न सबैजनाले यसैगरी टोल,बस्तीबाटै सरुवा गर्नु पर्नेमा जोड दिनु भएको थियो । यादवले आफू एउटा गाउँपालिकाको न्यायक समितिको संयोजक समेत भएको हुँदा कुनैपनि नागरिक अन्यायमा नपर्ने र आफ्नो तर्फबाट न्याय दिलाउनको लागि खुलेर सहयोग गर्ने बताउनु भयो । त्यसैगरी उहाँले स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली महिला दिदीबहिनीहरुलाई आउदै गरेको तिज पर्व हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै देशमा अहिले महामारी कोरोना भाइरस कोभिड उन्नाइसको संक्रमण रहेको हुँदा सबैले आफ्नो स्थानमा सामाजिक दुरि कायम गरेर तिज पर्वलाई मनाउन आग्रह गर्नु भएको छ ।
संजालका सदस्य निर्मला सुनारको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण सिड्स कार्यक्रमका अनुगमन तथा मुल्यांकन अधिकृत सहदेव यादव,पत्रकार मेगमन बुढा लगायतलाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यस्तै सो कार्यक्रममा आउने सम्पुर्ण अतिथि पाहुनालाई हार्दिक धन्यवाद समाजसेवी एवं बुद्धिजीवी जित कुमार घर्ती मगरले दिनु भएको थियो भने सो कार्यक्रमको संचालन कोशेली ग्रेजुयट फोरम रामनगर चेतना साथी संजालका एनिमेटर अनु बस्नेतले गर्नु भएको थियो ।
