रुकुमपश्चिम । रुकुमपश्चिममा प्रतिनिधिसभा निर्वाचनका लागि जनार्दन शर्मा (प्रभाकर)को एकल नाम सिफारिस गरिएको छ । माओवादी केन्द्र रुकुमपश्चिमको बैठकले सिफारिस गरेको हो ।
त्यस्तै बैठकले प्रदेश १(१) मा महेन्द्र केसी (पारसमणी) र प्रदेश १(२) मा राजकुमार शर्मा (आर्ट)को नाम सर्वसम्मतिबाट एकल सिफारिस गर्ने निर्णय गरिएको जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो ।