
snmbs
rgs
Dpm
Pbu
Snmbs
Amb
Mbf
pvg
Dbc
Snmbs
Gesld
Ges
sjnsplk
Sdc
dpm


राेल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रोल्पा प्रदेश सभा `ख´ को प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार माडी गाउँपालिका-२ घर्तिगाउँमा सम्पन्न भएको छ ।
प्रदेश निवार्चन क्षेत्र `ख´ का संयोजक निमकान्त डाँगीको अध्यक्षता एवम् नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थायी कमिटि सदस्य कुल प्रसाद केसी, स्थायी कमिटि सदस्य जयपुरी घर्ति,स्थायी कमिटि सदस्य जोख बहादुर महरा,पोलिटव्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुन,केन्द्रिय सदस्य सिता आचार्य,बैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र थापा,लुम्बिनी प्रदेश उपाध्यक्ष बिरबहादुर खत्री,रोल्पा जिल्ला संयोजक गुणेन्द्र घर्ति लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रोल्पाबाट आगामी मंसिर ४ को चुनावमा प्रदेश सभाको सदस्यको लागि नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ हालका मुख्यमन्त्री कुल प्रसाद केसी,हालका प्रदेश सांसद दिपेन्द्र कुमार पुन,राेल्पा जिल्ला समन्वय समितिका निबर्तमान प्रमुख राज बहादुर बुढा, निबर्तमान परिबर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी र निबर्तमान गंगादेव गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री गरी ४ जनाको नाम सिफारिस गरेको छ ।
त्यस्तै समानुपातिकतर्फ त्रिपनी बैजाली,धनिकला बुढा, मानसिंह बिक,हित कुमारी बुढा,लालसरी घर्ति,शेरसिं बन्दिपुरे,शान्तराज बोहरा,गोबिन्द पुन,राम बहादुर वली,भक्त बहादुर वली र पुर्ण बहादुर दमाइको नाम सिफरिस गरेको छ ।
कार्यक्रममा प्रदेश सभा निर्बाचान ख को सचिवमा नन्द बहादुर पुनलाइ चयन गरेको छ । साथै कार्यक्रममा माडी १ का नरसिङ वली नेकपा एमाले परित्याग गरी र रमेश केसी नकपा परित्याग गरी माओबादी केन्द्र प्रवेश समेत गरेका आयाेजकले जानकारी दिएको छ ।
