Sidha Patra मंगलबार, भाद्र २१, २०७९

दाङ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय यता देशैभर एकाएक चर्चा पाउन थालेको छ। देशका हरेक जिल्लामा कमिटि गठन हुने, देशका ठुला राजनीतिक दलका नेतादेखि लिएर कार्यकर्ताहरु प्रवेश गर्ने जस्ता कार्यले तिब्रता पाउदै गएको छ । युवा युवतीहरु स्वतस्फुर्त रुपमा पार्टीमा समावेस भैरहेका छन ।

यसैविच राष्ट्रिय स्वतन्त्र पार्टीले यहि २५ गते शनिवार दाङको बबई गाउँपालिकामा पालिका स्तरिय भेला गर्ने भएको छ । यही भदौ २५ गते शनिवारका दिन बबई गाउँपालिकाको हापुरे पदमपुर सामुदायिक वनको भवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो भेला हुन् लागेको हो । सोहि दिन पार्टीको भेला देउखुरीको लमहीमा पनि आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सदस्य देवराज पाठकले जानकारी दिए ।

पालिका भेलाबाट पालिका कमिटि र वडा कमिटि गठन हुने छ । सो कमिटीमा बसेर जनताको सेवा गर्न इच्छुक युवाहरुलाई उपस्थितिका लागि स्वतन्त्र पार्टीले आह्वान पनि गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]