Sidha Patra आइतबार, भाद्र १९, २०७९

कपलिवस्तु । नेकपा एमाले कपलिवस्तुले प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु क्षेत्र न ३ बाट उम्मेदवारहरुको नाम नाम सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रिय कमिटीको बैठकले संघ तर्फ टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारीस गरेको छ भने प्रदेश तर्फ क्षेत्र न ३ क तर्फ एकल रुपमा नेकपा एमाले कपिलवस्तु उप सचिव अर्जुन कुमार के सी को नाम सिफारीस गरेको नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।

त्यस्तै पोख्रेल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुनुन्छ भने गुप्ता नेकपा एमाले केन्द्रिय सल्हाकार परिषद सदस्य हुनुन्छ । प्रदेश तर्फ एकल नाम सिफारीस हुनुभएका के .सी अहिले पनि कपिलवस्तु क्षेत्र न ३ क बाट लुम्विनी प्रदेश सांस्दको रुपमा प्रतिनिधित्व गनर्स भएको छ। प्रदेश क्षेत्र ३ को ख का लागि मिर्जा राशिद बेग, रजाउ रहमान खान,कृष्ण भण्डारी,मेहताब आलम खान,मोहम्मद मुस्तफाको नाम क्षेत्रिय कमिटी द्वारा सिफारिश गरिएको जानकारी प्राप्त भएको छ ।

यस्तै यता भने मिर्जा राशिद समर्थक युवा हरू नेकपा एमाले कृष्णानगर नगरकमिटी सचिवालय सदस्य तथा राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरका नगर अध्यक्ष अध्यक्ष पदमा बसी नेकपा एमालेका लागि निरन्तर सात बर्ष देखि काम गर्दै आएको बताउदै स्थानिए निर्वाचनमा बेग लाई टिकट नदिए पनि मिर्जाले पार्टीको निती सिद्धान्त अनुसार नेकपा एमाले पार्टीका उम्मेदवारहरुको लागि घर दैलो गरि मत माग्नामा निकै सहयोग पुर्याएका बताउदै अहिले भने प्रदेश सभा सदस्यमा मिर्जा राशिदले नै टिकट पाउनुपर्ने पहिल्यै देखि माग गर्दै आएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]