
Asbus
Rgp
Sdc
Ggp
Ksbus
Ggp
Msbus
Ksbus
Lnp

दाङ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा ठुलो पहिरो गएको छ ।
नेकपा एमालेको नीति र नेतृत्वलाई स्वीकार गर्दै नेपाली कांग्रेस राप्ती गाउँपालिकाका चर्चित नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट निवासी स्वर्गीय श्रीनारायण चाैधरीका सुपुत्र बुद्विप्रकाश चाैधरी र कांग्रेस नेता चित्रम चौधरी सहित १ सय बढी कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले राप्ती गाउँपालिका संगठन कमिटीले आइतबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा उनीहरूलाई एमाले पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नरुलाल चौधरी, पोलिटव्यूरो सदस्य शान्ता चौधरी,केन्द्रीय सदस्य गंगा थारु,केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा लगायतले फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
त्यस्तै पार्टीका राप्ती गाउँपालिका अध्यक्ष मदन अधिकारीको अध्यक्षता एवम् एमाले पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नव प्रवेशी बुद्धिप्रकाश चौधरीले नेपाली कांग्रेसले सहिद आफ्नो बुवा श्रीनारायण चौधरीलाई अपमान गरेको र अहिलेसम्म सहिदको प्रमाणपत्र दिन नसकेको बताएका थिए ।
कांग्रेसले अपमान जनक व्यवहार गरेकाले न्यायको लागि एमाले पार्टी रोजेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा पार्टीका पोलिटव्यूरो सदस्य शान्ता चौधरी,केन्द्रीय सदस्य गंगा थारु लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका सचिव भरतमणी न्याैपानेले गरेका थिए ।
