
Rksr-7
Msbg-2
Usbl-7
Gsbr-6
Jsbr-3
ksbl-7
Gsbg-3
Pbu
Csbg-7
Jsbg-7


दाङ । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीबाट नेताहरुलाई निर्वाचनमा उमेदवारकालागि सिफारिस गर्ने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले लमहीमा एक कार्यक्रमको आयोजनागरि यस क्षेत्रका नागरिक,सरोकारवाला, समाजसेवी अग्रज ब्यक्तित्वहरुसङ्ग आवश्यक परामर्श लिएको छ ।
पार्टीका क्षेत्रीय अध्यक्ष लिला यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य हिरालाल खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देउखुरीका चार वटै पालिकाका पार्टी नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
पार्टीले आवश्यक परामर्शकालागि वैदिक धर्म परिषद नेपालका महासचिव जागेश्वर शर्मा,जेष्ठ नागरिक सल्लाहकार दामोदर पाण्डे,पुर्व बैंक म्यानेजर तथा जेष्ठ नगरिक सल्लाहकार राजकुमार खड्का र हरियाली सहकारी संस्थाका अध्यक्ष शिवधोज मल्ल जस्ता समाजसेवी अग्रज ब्यक्तीहरुलाई आमन्त्रित गरेको थियो ।
आवश्यक सल्लाह दिदै वैदिक धर्म परिषद नेपालका महासचिव जागेश्वर शर्माले “नेता प्रधानभन्दा नीति प्रधान”भन्ने मान्यता बोकेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएकोले यस क्षेत्रबाट उमेदवारकालागि सिफारिस गर्दा सिफारीस हुने ब्यक्तीको आचरणमा कुनै प्रकारको गलत दाग नलागेको,अहिले देशब्यापी देखापरेको भ्रष्टाचारको बिरुद्धमा आवाज निकाल्न सक्ने,समाजमा रहेका बिकृती बिसङ्गतीको अन्त्यकालागी बुलुन्द आवाज उठाउन सक्ने ब्यक्तीलाई पार्टीले उम्मेदवारको रुपमा सिफारिस गर्नु पर्ने सल्लाह सुझाव दिनु भएको थियो।
जेष्ठ नागरिक सल्लाहकार दामोदर पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनले “भ्रष्टाचार गर्नु भनेको आफ्नै आमाको रगत खानु सरह हो ” भनी राष्ट्रिय राजनितीमा होमिनु भएको प्रतिवद्धतालाई नागरिकले निकै गम्भीरतापुर्वक लिएको पाईएकोले सिफारिस हुने उम्मेदवार पनि पार्टीको नितिलाई बुझी समाजमा आवश्यक कार्य गर्न गराउन सक्ने खालको उम्मेदवार सिफारिस गर्नु पर्ने सल्लाह सुझाव दिनुभएको थियो।
उम्मेदवारको सिफारिस गर्ने सन्दर्भमा अग्रज ब्याक्तित्वहरुको उचित सरसल्लाहलाई उच्च कदर गर्दै पार्टीमा व्यापक छलफल गरि केहि दिनमै उमेदवारको नाम सार्वजनिक गरिने पार्टी क्षेत्रीय कमिटी देउखुरीले जनाएको छ । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले आ-आफ्नो धारणा राखेका थिए ।
पार्टीका क्षेत्रीय उपाध्यक्ष नेत्रसिङ ठकुरीबाट कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो भने उक्त कार्यक्रमको संचालन क्षेत्रीय सचिव कमल न्यौपानेले गर्नु भएको थियो ।
