Sidha Patra आइतबार, भाद्र १९, २०७९

दाङ । एमालेद्वारा दाङ निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट ५ र (ख) बाट ४ जना गरि ९ जनाको नाम सिफारिस दाङ १८ भदौ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) र ३ (क) बाह्यक सबै ठाउँबाट प्रदेश सभा सदस्य पदका लागि नेकपा एमालेले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । दाङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेले प्रदेश सभा सदस्यको उम्मेदवारका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. १ (क) बाट किरण भण्डारी , खिमबहादुर केसी, गंगाराम भटराई,मोहन पाण्डे र स्यानु नारायण अधिकारीको नाम सिफारिस गरिएको छ । त्यसैगरी १(ख)बाट रेवतीरमण शर्मा, सरस्वती गौतम, कुलबहादुर केसी र रतन केसीको नाम सिफारिस गरिएको छ । यता निर्वाचन क्षेत्र नं. २ (क) बाट बलिभद्र रानाको सर्बसम्मतरुपमा एकल नाम सिफारिस गरिएको छ ।

त्यसैगरी २(ख) मा लक्ष्मण आचार्य, गिरिराज केसि, टाेपेन्द्र केसि, छबिलाल वलि लगायत गरेर १५ जनाले दाबी गरेपछि त्यहाँ शनिबार सहमति हुन सकेन । तिन जनाको नाम मात्रै पठाइने एमालेले जनाएको छ । एमाले स्थानीय तहको मत अनुसार सत्तारुढ गठबन्धन भन्दा ४ हजार मतले अघि छ । क्षेत्र नं ३(ख)मा ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा हुकुम बस्नेत,मेघराज भुसाल र धमकली चौधरी रहेको एमाले नेता एमएन शाहले जानकारी दिनु भएको छ ।

त्यस्तै तर क्षेत्र नं. ३(क) मा १३ जनाले उम्मेदवारका लागि दाबी गरेपछि सहमति हुन सकेन । जसका कारण दुबै निर्वाचन क्षेत्रमा नेताहरुले दिनभर गरेको प्रयास असफल भएको छ । शनिबार टुङ्गो नलागेपछि आइतबार फेरी सहमतिका लागि प्रयास गरिने एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]