
Gsbr-6
Jsbg-7
ksbl-7
Csbg-7
Msbg-2
Rksr-7
Jsbr-3
Pbu
Gsbg-3
Usbl-7


प्युठान। आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी प्युठानले संघीयसँगै प्रदेशका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
हालै सम्पन्न पार्टी बैठकले प्रतिनिधिसभाका लागि टिकाराम रिजाल, शान्ता आचार्य र भोजविक्रम बुढा मगरको नाम सिफारिस गरेको हो ।
त्यस्तै प्रदेशसभातर्फ ‘क’ का लागि कृष्ण रायमाझी, हिमालय रिजाल र सरिता सुनारको नाम सिफारिस गरिएकाे छ। यसैगरी प्रदेश सभा ‘ख’ का लागि दलबहादुर केसी, जि.आर. पुलामि र मिना थापाको नाम सिफारिस गरिएको एकीकृत समाजबादी प्युठानले जनाएको छ ।
