दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” र” ख”ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस कार्य शुरु गरेको छ ।
प्रदेश “क” बाट प्रत्यक्ष तर्फ नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पान्डे,नुमानन्द सुवेदी,लक्ष्मण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदिप राज शर्माको नाम पनि राएसुझाबको लागि क्षेत्रमा सिफारिस गरिएको छ । समानुपातिक तर्फ अनुराग यादब र यसोदा चौधरीलाई सिफारिस गरेको छ । समानुपातिक तर्फ नै लोकराज केसि र श्रीपत चौधरीलाई उपयुक्त उम्मेदवार भनि राए पठाएको छ ।
त्यस्तै प्रदेश “ख” बाट प्रत्यक्ष तर्फ महादिबेसन प्रतिनिधि जानकीलाल बस्नेत,बासुदेव जंगली, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने,शान्तराज अधिकारी,चुरामणी आचार्य,पवन नेपाली रहेका छन् । यस्तै प्रदेश “ख”तर्फ नै समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपाने,लोका विश्वकर्मा,देवका बेल्बासे,पवन कुमार यादव,रेशम बहादुर बुढा,खीमा अधिकारी,माधव चौधरी,तारा प्रसाद नेपाली,गीता चौधरी,घनश्याम सुवेदी,खड्ग बहादुर विक,गोपाल नेपाली रहेका छन् ।