
pku
Unsku
Rgp
Lnp
Ggp
Rgp1
sbs
Gfs
Srbpu
Djs
Pes
Sgr
Pbu
cjs

Rsb
Sls
Tsm
nsb
Gst
Asm
Rgu
Ggd
Bbu
Hal
Ksm
Bbbpu
Vor
Pvg
Rgu
Sbs
Ssm
Wsp
Rgs

Pls
Jmb
Rpp
sab
Syp
Ptm
Abd
Rmb
Jmb
Gsb
Mks
bbt
Bml
दाङ । देउखुरीको गढवा गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम सोमबार गढवामा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा स्वास्थ्य सेवा केन्द्र दाङका तथ्याङ्क अधिकृत लेखराज पौडेलको उपस्थितिमा रहेको थियो। गढवा गाउँपालिकाको ४ वटा वडाका स्वास्थ्य चौकी प्रमुख र २ आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख र ४ वटा सामुदायिक स्वास्थ्य ईकाई केन्द्रका प्रमुखहरुले आ-आफ्नो संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।
गोष्ठीमा बिचार राख्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सेवा वृद्धिका लागि कार्य योजना बनाउन सुझाव दिए । औषधी अभाव कम गर्न, औषधीको व्यवस्थापन गर्न र स्वास्थ्य क्षेत्रमा थप सेवा अवश्यक परे माग गर्न अनुरोध गरे । स्वास्थ्य क्षेत्र सम्बेदनशिल क्षेत्र भएको भन्दै आवश्यक पर्ने सबैकुराहरु लाई आफुले पहिलो प्रथामिक्तामा राखेको भन्दै सबै स्वास्थ्य शाखामा आवश्यक पर्ने स्रोत साधन र औषधीको कमी हुन नदिन सबै शाखाका प्रमुखहरुलाई अनुरोध गरे ।
पहिलेको वर्ष भन्दा यो बर्ष धेरै सुधार भएपनि अझ यसलाई सुझार र नया सेवा सुबिधा थप्नु पर्ने जोड दिनुपर्ने अध्यक्ष शर्माले बताए । कार्यक्रममा बर्ष भरिमा स्वास्थ्य क्षेत्रमा गरिएको कार्यहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो भने पालिका र सम्बन्धित निकायले लिइएको लक्ष्य र प्रगतिका बारेमा तथ्याङ्कगत छलफल गरिएको थियो ।
त्यस्तै कार्यक्रममा अझै सुधार गर्नु पर्ने विषयमा आएको सुझावलाई ग्रहण गर्दै आगामी दिनमा थप प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । कार्यक्रममा गढवा गाउँपालिकाको वडाका वडाध्यक्षहरुले आ-आफ्नो वडामा रहेका स्वास्थ्य संस्थाको विश्लेषनात्मक भनाई राखेका थिए ।
यस्तै चार वटा स्वास्थ्य चौकी प्रमुखहरु गढवा स्वास्थ्य चौकीका प्रमुख रुपनारायण चौधरी, गंगाप्रसपुर स्वास्थ्य चौकीका प्रमुख ज्ञान कुमार बसेल,गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख खिमानन्द भट्टराई र कोईलाबास स्वास्थ्य चौकीका प्रमुख कृष्णा प्रसाद आचार्य, त्यसैगरी चिमचिमे सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख हरिप्रसाद चौधरी, कालाकाटे सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख कल्पना यादव,आधारभुत स्वास्थ्य सेवा केन्द गोबरडियाका प्रमुख कृष्ण प्रसाद भट्टराई, महदेवाआधारभुत स्वास्थ्य सेवा केन्दका प्रमुख रामराज पौडेल,पर्सेनी आधारभुत स्वास्थ्य सेवा केन्दका प्रमुख खोपीराम चौधरी र चन्दनपुर आधारभुत स्वास्थ्य सेवा केन्द प्रमुख कृष्ण खनालले आ-आफ्नो स्वास्थ्य केन्द्रको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गढवा स्वास्थ्य शाखाका सह-संयोजक द्रोपदा सुबेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ शाखा संयोजक कैलाश चौधरीले गरेका थिए ।
