
rgs
Pbu
Gesld
Amb
Dpm
Snmbs
Mbf
sjnsplk
snmbs
Snmbs
pvg
dpm
Dbc
Ges
Sdc


दाङ । दाङ देउखुरीको भालुवाङमा ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण,सम्वर्द्वन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवर्धन लागि देउखुरी टुडे डटकम र हाम्रो लुम्बिनी न्युज डटकमको संयुक्त आयोजनामा शनिबार राप्ती गाउँपालिका १ भालुवाङ स्थित होटल पाैवामा तीज महोत्सव कार्यक्रम भएको हो ।
“संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्रियता हराउँछ” भन्ने मूल नाराका साथ कार्यक्रम भएको हो । देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधानसम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गाैतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाैतमले गित संगितको माध्यमबाट संदेश दिई समाजमा हुने विकृति, विसंगति अत्य गरि सभ्य समाज निर्माण गर्न आवश्यक रहेकी बताइन् । त्यस्तै उनले अब महिलाहरू पुरूषको भरमा नपरि आफ्नो कमाई आफैले गर्न सक्नुपर्ने बताइन् ।
हाम्रो लुम्बिनी न्युज डटकमका प्रकाशक तथा आर्थिक संयोजक बासुदेव न्याैपानेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल,राप्ती फिड इन्डष्ट्रिज प्रालिका सञ्चालक तथा राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल,नेकपा माओवादी केन्द्र राप्तीका सचिव तुला गिरी,जनता समाजवादी पार्टीका राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रयोजक, सहयोगदाता, कलाकार, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतलाई कदर- पत्र तथा मायाको चिनो प्रदान गरिएको थियोे ।कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक ओमप्रकाश गुप्ता र गायिका तथा उदघोषिका राशी रिजालले गरेकी थिइन् ।
महोत्सव स्थलमा होटेल पौवाले आतिथ्यता प्रदान सहित सस्तो दरमा विभिन्न स्वादिष्ट परिकार सहितको स्टल राखेको थियो । महोत्सव स्थलमा न्युनतम ५० देखि अधिकतम २ सय ५० रुपैयाँ सम्मका विभिन्न नास्ताका परिकारको स्टल समेत व्यवस्था गरिएको महोत्सवका कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।
पछिल्लो समय तीज पर्वमा ब्यापक विकृती देखिएको र उक्त विकृतीलाई नियन्त्रण गदै मौलिक कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको थियोे । तीज महोत्सवमा चर्चित लोकदोहोरी गायिका सुनिता बुढाक्षेत्री, चर्चित लोकदोहरी गायक अर्जुन सापकोटा, चर्चित हाँस्यब्यङ्गय कलाकार कमल गाउँले, चर्चित लोकदोहोरी गायिका तथा उद्घोषिका राशी रिजाल, चर्चित लोकदोहोरी गायक जिवन परियार, चर्चित लोकदोहोरी गायक तथा सञ्चारकर्मी प्रेमबिबश घर्ती, टिकटक स्टार करिना डाँगी र चर्चित बाल कलाकार अनुष्का आचार्यले दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन प्रदान गरेको सांस्कृतिक संयोजक नरेश भण्डारीले जानकारी दिएका छन् ।
त्यस्तै महोत्सवमा गायक तथा गायिकाहरु राजेन्द्र चौधरी, श्रीधर कंडेल, गायिका तथा संचारकर्मी सिमा केसी, चर्चित सर्मिला पुन, अनिता महतरा र निशु चौधरीका साथै संदेशमुलक तीज गीत प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको सांस्कृतिक संयोजक भण्डारीले जानकारी दिएका छन् ।
महोत्सब सञ्चालन सहयोगार्थका लागि आयोजकले प्रवेश टिकटको समेत ब्यवस्था गरेको थियोे । जस अन्र्तगत सर्वसाधारणका लागि प्रतिब्यक्ति प्रबेश टिकट शुल्क १ सय रुपैया,विद्यार्थी तथा शहिद परिवारको हकमा परिचय पत्रका आधारमा टिकट शुल्कमा २५ प्रतिशत छुट गरी ७५ रुपैयाँ निर्धारण गरिनुका साथै ७० बर्ष माथिका जेष्ठ नागरिक,५ बर्ष मूनिका बालबालिका र अपाङ्ग,अशक्त तथा असाहायहरुको हकमा परिचय पत्रका आधारमा प्रवेश नि:शुल्क गरिएको महोत्सवका आर्थिक संयोजक बासुदेव न्यौपानेले जानकारी दिए । साथै कार्यक्रमको दिन टिकट लिंदा भिडभाड हुने भएको हुँदा अग्रिम टिकट बुकिङ खुल्ला गरिएको आर्थिक संयोजक न्यौपानेले जानकारी दिए ।
महोत्सवमा दाङ देउखुरी सहित छिमेकी जिल्लाहरु प्यूठान, रोल्पा, अर्घाखाँची र कपिलबस्तुबाट समेत गरी करिब पाँच हजार बढी दर्शकको उपस्थिती रहेको प्रचार प्रसार समितिका संयोजक लालमणी भुसालले जानकारी दिएका छन् । तीन बर्षसम्म कोरोना भाईरस संक्रमणका कारण नाचगान गरी तीज पर्व मनाउन नपाएका हिन्दु नेपाली नारीहरुको महान् चार्ड हरितालिका तीजलाई थप रौनकता थप्न लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङमा पहिलो पटक तीज महोत्सव गरिएको आयोजकले जनाएको छ ।
