
Srbpu
Pbu
Rgp
Ggp
Rgp1
Unsku
Lnp
pku
Sgr

Rgu
Ssm
Pvg
nsb
Rgs
Sbs
Ksm
Asm
Vor
Tsm
Rgu
Gst
Wsp
Bbbpu
Bbu
Sls
Ggd
Rsb
Hal

Bml
Ptm
Mks
Gsb
Syp
Rpp
Abd
bbt
sab
Jmb
Pls
Jmb
Rmb
पाल्पा। गोरखाली फौजले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा शनिबार पाल्पाको तानसेनमा रणउजिरेश्वरी भगवती जात्रा धुमधामका साथ मनाइएको छ ।
जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो जात्राको रुपमा यस्लाई लिने गरिन्छ।वीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रालाई बिजय उत्सब र अबिर जात्राको रुपमा मनाउने गरिन्छ।
त्यस्तै उजीर सिंहले वि.सं. १८७२ सालमा भगवतीलाई भाकल गरेर युद्ध जिताईदिएमा प्रत्येक वर्ष अबिर जात्रा गर्ने कबुल गरे। सोहीअनुसार उनले १८७२ सालदेखि भगवतीको मन्दिर बनाउन पनि शुरु गरे।पछि १८७६ सालमा उजीरसिंहको कमाण्डले अंग्रेज फौजलाइ युद्धमा हरायो। त्यसपछि तानसेनमा युद्ध जितेको खुसीयालीमा जात्रा भयो। त्यसैको निरन्तरता स्वरुप अहिले सम्म जात्रा मनाईने गरिएको हो।
यस्तै सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसि भजन किर्तन गरि राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरिन्छ । भगवती रथलाई सिन्दूर,अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै सहर परिक्रमा गराइन्छ । यो विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन मनाइन्छ । यो ऐतिहासिक रथ यात्रा यो वर्ष २०४ औ रथ यात्रा हो । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ ।
उक्त जात्रामा गुल्मी,अर्घाखाँची,स्याङ्जा,पर्वत,कास्की, रुपन्देही,काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा पुग्ने गर्छन् ।
