शिवराज खनाल शुक्रबार, भाद्र ०३, २०७९

दाङ । नेपाल भारत सीमाक्षेत्र राजपुर गाउँपालिकामा झाडापखालाबाट एकजनाको मृत्युु भएको छ भने अन्य १७ जना बिरामी भएका छन् ।

उनीहरूमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ । झाडापखाला फैलिएको खबरपछि गाउँपालिकाले शुक्रबार पालिकाका स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले जानकारी दिएका छन् ।

झाडापखालाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँ नाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।

त्यस्तै झाडापखाला राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरीकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षिय लालमति परियार,उनकी ३ वर्षीया छोरी सपना गम्भीर बिरामी भएका छन् । स्थिति भयाबह हुन नदिन जिल्लामा डाक्टर सहितको टोली तयारी अवस्थामा राखेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]