सागर थापा शुक्रबार, भाद्र ०३, २०७९

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चर्को आवाज निकाल्ने मोटरसाइकल धमाधम पक्राउ गरी कारबाही सुरु गरेको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारले बताए ।दाङ ट्राफिक प्रमुख परियारले कम्पनीबाट उत्पादन हुँदाको स्वरुप परिवर्तन गरेर ठूलो आवाज आउने बनाउँदा ध्वनी प्रदुषणसँगै समाजमा अराजकता फैलिएकाले कारबाही सुरु गरिएको जानकारी दिए । मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुन विपरित भएको समेत उनले बताए ।

दाङ जिल्ला ट्राफिक प्रहरीको अप्रेसनमा १३ वटा मोटरसाइकल नियन्त्रणमा लिएर छोडेको थियो । ​नियन्त्रणमा लिइएका मोटरसाइकलाई पहिलो पटकलाई १५०० सय रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिएर मात्र ट्राफिकले जान दिएको छ । मोटरसाइकललाई पुरानै अवस्थामा लगेर अभिभावकको जिम्मा लगाइने फ़ेरि पनि ट्राफिक नियम उलंघन गरे ५००० हजार सम्म कार्वाही सोरुप जरिवाना गर्ने ट्राफिक प्रमुख परियारले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]