
Ges
Snmbs
rgs
Mbf
Pbu
Gesld
sjnsplk
dpm
Dbc
snmbs
Dpm
Sdc
pvg
Snmbs
Amb


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलामा बिहीबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ३ का सदस्य मायावती यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले महिला दिदीबहिनीहरु भनेको घरको गहना भएको बताउनु भएको छ ।
राजपुर गाउँपालिकाको आर्थिक सहयोग र सोही पालिकाको वडा नम्बर ३ को आयोजना एवं दक्षिण देउखुरी अधिकार मंच तथा सिर्जना समुहको समन्वयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बुढाथोकीले सुन्दर राजपुर गाउँपालिका बनाउनको लागि सम्पूर्ण निकाय आ-आफ्नो स्थानबाट हातमा हात काधमा काध मिलाएर अघि बढ्नु पर्ने बताउनु भयो ।
त्यस्तै उहाँले हरि तालिका तीजको सम्पूर्ण महिला दिदीबहिनीहरुलाई शुभकामना दिदै आगामी दिनमा गाउँपालिकाबाट अन्य कार्यक्रमको साथमा निरन्तर सो गाउँमा जाने समेत बताउनु भएको छ ।
कार्यक्रममा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादव,वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,महिला तथा बालबालिका शाखा राजपुरका अधिकृत सुनिता चौधरी,नाम सालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शशांक आचार्य,सोही केन्द्रका फिल्ड संयोजक धर्म बहादुर यादव,सिर्जना समुहका अध्यक्ष राष्ट्रि घर्ती लगायतले बोल्नु भएको थियो ।
दक्षिण देउखुरी अधिकार मंचका सामाजिक परिचालक मनिता चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरुले नाचेर भरपुर मनोरञ्जन लिएका थिए भने उक्त कार्यक्रमको संचालन राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा सचिव जमुना चौधरीले गर्नु भएको थियो ।


