
Ksm
Mbdvs
Rbs
mbd
Sds
Pbu
Anm
Gmk
Gisld

nsb
Ssm
Bbbpu
Pvg
Wsp
Rgu
Asm
Bbu
Sls
Hal
Vor
Tsm
Sbs
Gst
Rgu
Ggd
Rgs
Ksm
Rsb

Gsb
bbt
Bml
Jmb
Syp
Mks
sab
Ptm
Pls
Rpp
Rmb
Abd
Jmb
दाङ । केही दिन यता लगातार वर्षातले देउखुरी र नाका बीचको आवागमनमा समस्या उत्पन्न गराएपनि तत्काल नाकाका व्यापारी संग समन्वय गरि राजपुर गाउँपालिकाले आफ्नो ३ वटा वडाको नाका क्षेत्रमा डोजर मेसिन प्रयोग गरेर एक लडमा एक सय,६० क्विन्टल खाद्यान्न पुराएको छ । महामारी कोरोना भाइरस कोभिड उन्नाइसले दाङ जिल्लाकै सबैभन्दा ठुलो र विकट राजपुर गाउँपालिकालाई दिएको चुनौती त्यसपछि,वर्षाले नाका र देउखुरी संग आवागमनमा पुर्याएको असरलाई गाउँपालिकाले मध्यनजर गरेर तत्काल आफ्नो ३ वटा वडा अन्तरगत नाकाका व्यापारीलाई ढुवानी खर्चको व्यवस्था गरि लमहीको भाउमा यहीँ श्रावण १६ गते वडा नम्बर ७ सुनपत्री गाउँमा ८० क्विन्टल,वडा नम्बर ६ खाङ्ग्रामा ४० क्विन्टल र वडा नम्बर १ पटौली गाउँमा ४० क्विन्टल खाद्यान्न-चामल पुर्याइएको हो । वर्षामा समस्या हुन्छ भनेर पहिले २ सय ५० क्विन्टल भन्दा बढी चामल व्यापारी संग समन्वय गरेर स्टक गरेका थियाैं त्यसैले गर्दा पनि अहिले त्यति गाह्रो भएको छैन् वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्याम बहादुर रोका मगरले बताउनु भयो ।
त्यस्तै वडा नम्बर ७ मा बर्षाले गर्दा सुनपत्री देखि पश्चिम भैसाही-भाैवा र पुर्व गन्डेला गाउँ सम्म बाटाे खराब भएको हुदाँ तत्काल सो गाउँहरुमा खाद्यान्न पुर्याउन नसकिएको हुँदा,सो गाउँदेखि जननिर्वाचित वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको पहलमा स्थानीय बासी संग समन्वय गरेर र सो बाटो मर्मत गरि नागरिकलाई रासन उपलब्ध गराउने वातावरण मिलाइएको वडा अध्यक्ष भिम बहादुर खड्काले जानकारी दिनु भएको छ । त्यसैगरी वडा नम्बर १ ले वडा ६ खाङ्ग्रा गाउँ देखि आफ्नो वडामा ट्याक्टरको साहेतामा ४० क्विन्टल चामल पुर्याएर तत्काल खाद्यान्न उपलब्ध गराएको वडा अध्यक्ष बिष्ण बहादुर बुढा मगरले बताउनु भएको हो ।
यता राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले यो वर्षा यामको मौसमलाई मध्यनजर गरेर गाउँपालिकाको जेसिबी मेसिनलाई निरन्तर ३ वटा बाटोको ट्याकलाई क्रमश सफाइ गरि रहने बताउनु भएको छ । आम नाका बासी आमा-बुवा,दाजु-भाइ,दिदी-बहिनीलाई धैर्य र धारण गर्न समेत आग्रह गर्नु भएको छ । त्यस्तै उहाँले राजपुर गाउँपालिकाको वडा नम्बर २ को बेला र वडा नम्बर १ सिरिया,वडा नम्बर ५ जंग्रहवा हुँदै वडा नम्बर ६ खाङ्ग्रा र वडा नम्बर ७ को गोठुवा सुनपत्री गाउँ जोड्ने बाटोको लागि स्थानीय तहको सरकारको सरुवात देखिनै वर्षेनि बजेट परिरहेको र यो वर्ष पनि गाउँपालिकाको एक करोड तथा प्रदेश सरकारबाट एक करोड,५० लाख गरि दुइ करोड,५० लाख बराबर ३ वटा बाटोको लागि जम्मा ७ करोड,पचास लाख बजेट परि सकेकोले अब टेन्डर प्रक्रियामा गएर काम मात्र सुरु गर्ने रहेको र अन्य विकास निर्माणको काम वर्तमान परिस्थितिलाई मध्यनजर गरेर क्रमश हुने भएको हुँदा न-आतिन सिधापत्र मार्फत सम्पुर्ण नाका बासीमा अनुरोध गर्नु भएको छ ।
