मेगमन बुढा शनिबार, साउन २४, २०७७

दाङ । केही दिन यता लगातार वर्षातले देउखुरी र नाका बीचको आवागमनमा समस्या उत्पन्न गराएपनि तत्काल नाकाका व्यापारी संग समन्वय गरि राजपुर गाउँपालिकाले आफ्नो ३ वटा  वडाको नाका क्षेत्रमा डोजर मेसिन प्रयोग गरेर एक लडमा एक सय,६० क्विन्टल खाद्यान्न पुराएको छ । महामारी कोरोना भाइरस कोभिड उन्नाइसले दाङ जिल्लाकै सबैभन्दा ठुलो र विकट राजपुर गाउँपालिकालाई दिएको चुनौती त्यसपछि,वर्षाले नाका र देउखुरी संग आवागमनमा पुर्‍याएको असरलाई गाउँपालिकाले मध्यनजर गरेर तत्काल आफ्नो ३ वटा वडा अन्तरगत नाकाका व्यापारीलाई ढुवानी खर्चको व्यवस्था गरि लमहीको भाउमा यहीँ श्रावण १६ गते वडा नम्बर ७ सुनपत्री गाउँमा ८० क्विन्टल,वडा नम्बर ६ खाङ्ग्रामा ४० क्विन्टल र वडा नम्बर १ पटौली गाउँमा ४० क्विन्टल खाद्यान्न-चामल पुर्‍याइएको हो । वर्षामा समस्या हुन्छ भनेर पहिले २ सय ५० क्विन्टल भन्दा बढी चामल व्यापारी संग समन्वय गरेर स्टक गरेका थियाैं त्यसैले गर्दा पनि अहिले त्यति गाह्रो भएको छैन् वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्याम बहादुर रोका मगरले बताउनु भयो ।

त्यस्तै वडा नम्बर ७ मा बर्षाले गर्दा सुनपत्री देखि पश्चिम भैसाही-भाैवा र पुर्व गन्डेला गाउँ सम्म बाटाे खराब भएको हुदाँ तत्काल सो गाउँहरुमा खाद्यान्न पुर्‍याउन नसकिएको हुँदा,सो गाउँदेखि जननिर्वाचित वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको पहलमा स्थानीय बासी संग समन्वय गरेर र सो बाटो मर्मत गरि नागरिकलाई रासन उपलब्ध गराउने वातावरण मिलाइएको वडा अध्यक्ष भिम बहादुर खड्काले जानकारी दिनु भएको छ । त्यसैगरी वडा नम्बर १ ले वडा ६ खाङ्ग्रा गाउँ देखि आफ्नो वडामा ट्याक्टरको साहेतामा ४० क्विन्टल चामल पुर्‍याएर तत्काल खाद्यान्न उपलब्ध गराएको वडा अध्यक्ष बिष्ण बहादुर बुढा मगरले बताउनु भएको हो ।

यता राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले यो वर्षा यामको मौसमलाई मध्यनजर गरेर गाउँपालिकाको जेसिबी मेसिनलाई निरन्तर ३ वटा बाटोको ट्याकलाई क्रमश सफाइ गरि रहने बताउनु भएको छ । आम नाका बासी आमा-बुवा,दाजु-भाइ,दिदी-बहिनीलाई धैर्य र धारण गर्न समेत आग्रह गर्नु भएको छ । त्यस्तै उहाँले राजपुर गाउँपालिकाको वडा नम्बर २ को बेला र वडा नम्बर १ सिरिया,वडा नम्बर ५ जंग्रहवा हुँदै वडा नम्बर ६ खाङ्ग्रा र वडा नम्बर ७ को गोठुवा सुनपत्री गाउँ जोड्ने बाटोको लागि स्थानीय तहको सरकारको सरुवात देखिनै वर्षेनि बजेट परिरहेको र यो वर्ष पनि गाउँपालिकाको एक करोड तथा प्रदेश सरकारबाट एक करोड,५० लाख गरि दुइ करोड,५० लाख बराबर ३ वटा बाटोको लागि जम्मा ७ करोड,पचास लाख बजेट परि सकेकोले अब टेन्डर प्रक्रियामा गएर काम मात्र सुरु गर्ने रहेको र अन्य विकास निर्माणको काम वर्तमान परिस्थितिलाई मध्यनजर गरेर क्रमश हुने भएको हुँदा न-आतिन सिधापत्र मार्फत सम्पुर्ण नाका बासीमा अनुरोध गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]