दाङ । दाङ देउखुरी होटल व्यवसायी समितीले आगामी भदौ ११ गते शनिवारका दिन गर्ने तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ का बारेमा जानकारी दिएको छ । समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षतामा आज घोराहीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमका बारेमा जानकारी दिएको हो ।
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितीमा घोराहीको होटल माला ईनमा भब्य कार्यक्रम गर्न लागएिको समितीका अध्यक्ष पुनले जानकारी दिनुभएको छ । मौलिक कला संस्कृतिलाई प्राथमिकता दिदै तिज विशेष कार्यक्रम गरिने बताईएको छ । समाजसँग जोडिएका विभिन्न सामाजिक त्रियाकलाप गर्दै आएको समितिले नेपाली नारीहरुको महान् पर्व तिजको मौलिक संस्कृतिलाई जगेर्ना गर्नुका साथै तिजलाई भब्य र सभ्य सफल बनाउन तिज मिलन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रमका लागी पहिलो चरणको सबै तयारी पुरा भैसकेको पुनले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रममा राष्ट्रिय कलाकार गायिका टिका पुन, कमल गाउलेलगाएतका स्थानिय कलाकारहरुको समेत प्रस्तुती र सहभागी महिलाहरुसँग कलाकारहरु संगसंगै नाच्ने गाउने र मनोरञ्जन प्रदान गर्दै प्रस्तुती दिने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा सहभागिताका लागी टिकट विक्री सुरु भैसकेको छ भने प्रति टिकटको विक्री १५ सय रुपैयाँ तोकिएको छ । जसका लागि समितीको कार्यलय तथा विभिन्न होटल तथा रेष्टुरेण्टबाट टिकट विक्री भैरहेको समितीले जनाएको छ । १५ सय रुपैयाँको टिकटमै एसी सहितको हलमा नाचगानको मनोरञ्जनात्मक कार्यक्रम गरिनुका साथै दर खाने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले होटल व्यवसायी समितीले स्थानिय कला संस्कृतिलाई जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेल्ने उदेश्य राखेको बताउनु भयो । उपाध्यक्ष मोहन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिक सचिव श्यामकुमार विकले गर्नुभएको थियो ।