Sidha Patra मंगलबार, साउन ३१, २०७९

दाङ । दाङमा क्षयरोगका बिरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा मात्रै १ हजार ४४३ जनामा क्षयरोग संक्रमण देखिएको थियो ।

यो संख्या गएका अन्य आर्थिक वर्षको तुलनामा भन्दा बढी हो । अहिले जिल्लामा क्षयरोगको जाँच बढाएकाले पनि बिरामीको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय दाङका क्षयकुष्ट रोग अधिकृत डम्बर बहादुर कुवरले जानकारी दिनुभएको छ ।

जिल्लामा गएको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा कोरोना संक्रमणका कारण क्षयरोगका बिरामीको संख्या शुन्य थियो । आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा करिब १२ सय जनामा क्षयरोग देखिएको थियो ।

सरकारले क्षयरोगका बिरामीहरुको चेकजाँच र उपचारको व्यवस्था निःशुल्क गर्दै आएको छ । क्षयरोग लागेका बिरामीले नबिराई ६ महिनासम्म औषधी खानु पर्छ । क्षयरोग पुष्टि भएका मध्य ३/४ जनालाई एकवर्ष देखि १८ महिनासम्म पनि औषधी खानु पर्ने क्षयकुष्ठ अधिकृत कुवरले जानकारी दिनुभयो ।

जिल्लामा क्षयरोग पुष्टि भएका मध्ये ९१ प्रतिशतको उपचार सफल हुने गरेको अधिकृत कुवरले बताउनुभयो । उहाँका अनुसार ३.९ प्रतिशतको मृत्यु हुने गरेको छ । लुम्बिनी प्रदेशका अन्य जिल्लामा भन्दा दाङमा क्षयरोगको उपचार सफल हुनेको संख्या बढी भएको कुवरको भनाई छ ।

स्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोगबाट बच्नको लागि चाडै उपचारको लागि अस्पतालमा लैजानुका साथै घरमा बस्दा पनि मास्क प्रयोग गर्ने, परिवारका अन्य सदस्यसँग सुरक्षित भएर बस्ने, जथाभावी नथुक्ने र औषधी नियमित खानु पर्ने अधिकृत कुवरले बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]