अजय मिश्र/कपिलवस्तु आइतबार, साउन २९, २०७९

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको मुटु भनेर चिनिने चन्द्रौटामा हिन्दू नारी हरूको महान पर्व हरि तालिका तिजको अवसरमा तिज महोत्सव २०७९ हुने सम्बंधमा आज पत्रकार सम्मेलन गरिएको छ ।

छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको आयोजनामा तिज महोत्सव २०७९ हुन लागेको छ । सो महोत्सव यहि भाद्र २ गते देखि भाद्र १४ गते सम्म रहने आयोजकले जनाएको छ । तिज महोत्सव सम्बंधमा आज भएको पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्ष तथा कार्यक्रम संयोजक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार,प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, अतिथिमा शरद अधिकारी,दिपक खड्का,सनिउल्ला धोबी,सिताराम चौधरी,गीता पौडेल लगायत रहेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुका व्यवस्थापक सुमन पौडेलले राख्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरणमान बज्राचार्यले तिज महोत्सवको शुभकामना सहित महोत्सवमा मौलिक तिजगीत हरू बाट रमाइलो गर्नुपर्ने महोत्सवको प्रचार प्रसार मा पत्रकार हरूको भूमिका महत्वपूर्ण रहने बताउदै कर्यक्रम भव्य र शभ्य तरिकाले मनाउन सबैमा आग्रह गरे ।

छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको व्यवस्थापन,यो ठाउँको पहिचान जोडेर तिज महोत्सवको तयारी तिब्र रूपमा अगाडि बढेको, तिज महोत्सवलाई कला र संस्कृति संग जोडेर तिज पर्वको महत्व दर्साइने छ । महोत्सवमा स्थानीय, प्रदेश र केन्द्रीय स्तरका कलाकारको तिज विशेष प्रस्तुति रहने साथै शिव लिंग र माइती घर निर्माण गरि सेल्फी जोन बनाइने,टिकटको व्यवस्थापन तथा पार्किंग व्यवस्थापन रहने तिज महोत्सव २०७९ का संयोजक चिन्ता परियारले बताए । कार्यक्रममा बोल्दै अधिकांश वक्ताले तिज महोत्सव सफलताको कामना सहित तिज महोत्सव २०७९ कार्यक्रले तिजको मौलिकता दर्साउने विश्वास व्यक्त गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]