
Snmbs
Amb
Gesld
Dpm
pvg
rgs
Sdc
Pbu
snmbs
dpm
sjnsplk
Ges
Dbc
Mbf
Snmbs


दाङ । बाल संस्कार केन्द्रले घोराही ६ मा रहेको बहु आयामिक शिक्षा सदनमा बाल संस्कार क्लब गठन गरेको छ ।
विद्यालय तहबाटै विद्यार्थीलाई असल संस्कार संगै सफल व्यत्तित्व निमार्णका गर्ने उद्धेश्यसहित विद्यालयका प्रिन्सीपल संगिता रोकायको अध्यक्षता एवं नेशनल फाउन्डेशन नेपालका अध्यक्ष भुपालसिंह रोकायको प्रमुुख आतिथ्यतामा २१ सदस्य रहेको क्लब गठन गरिएको हो ।
जसको अध्यक्षतामा शितल ओली, कार्यकारी उपाध्यक्षमा पुष्कर आचार्य, उपाध्यक्षमा शिरिष के.सी र वर्षा पाण्डे रहनुुभएको छ । यस्तै,सचिवमा आयुुष रोकाय,सहसचिवमा सुमन डाँगी,कोषाध्यक्षमा हिमाल के.सी रहनुुभएको छ । अन्य सदस्यमा वर्षा सुनार, मनिषा समाल, रोजिन चौधरी, सिक्कीम चौधरी, नेहारिका खड्का, रेविका घर्ती, रिया विष्ट, रेनुका बस्नेत, विना चौधरी, सुभाष अग्री, सन्दिप पुन र अमृता केसी रहनुुभएको छ ।
निर्मला चौधरी संयोजक रहेको कार्यक्रममा प्रमुख अतिथी रोकायले क्लवको उद्धेश्य, कर्तव्य र उत्तरदायीत्वको बारेमा प्रकाश पार्दै प्रत्येक बालबालिकालाई सफल, खुसी र गलत क्रियाकलापबाट सुरक्षित राखी सभ्य समाज निमार्णमा यो कार्यक्रमले सहयोग पुग्ने बताउनुुभयो ।
यस्तै,विद्यालयको तर्फबाट विद्यालयकी प्रिन्सीपल संगिता रोकायले यस्ता कार्यक्रम अहिलेका वालबालिकालाई अति अपरिहार्य भएको बताउनुुभयो । समाजमा व्याप्त कुसंस्कार, कुलत, दुव्यसनी र नकरात्मक सोच र गलत क्रियाकलापबाट बालबालिकालाई सचेत र शुरक्षित राख्नका लागि यस्ता क्लव देशभरका प्रत्येक विद्यालयमा गठन गर्न आवश्यक रहेको बताउदै संस्थालाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षिका बसन्ता भण्डारीले गर्नुभएको थियो ।
