
Rgp1
Unsku
Lnp
Ggp
Pbu
Sgr
pku
Srbpu
Rgp

Rgu
nsb
Ggd
Sls
Asm
Ssm
Wsp
Rgu
Rsb
Tsm
Gst
Rgs
Bbu
Sbs
Ksm
Bbbpu
Hal
Vor
Pvg

Gsb
Ptm
Jmb
Bml
Rmb
sab
Abd
bbt
Mks
Syp
Pls
Jmb
Rpp
दाङ । आमाबुवा गुमाएर बेसाहारा बनेका घोराही १९ तिर्साङका ४ जना बालबालिकाको उद्धार गरिएको छ । सुर्खेतस्थित बाल ग्राम एसओएससँगको समन्वयमा आज ती बालबालिकालाई त्यहीँ बस्ने खाने र शिक्षादिक्षा निशुल्क रुपमा व्यवस्था हुने गरी पठाईएको हो ।
कोइलाखानीमा काम गर्दै गर्दा २०७७ फागुुन १० गते बुवा मोहनलाल कामीको निधनपछि आमाको सहारामा बस्दै आएका ती बालबालिकाहरु गत वर्षको मंसीरमा आमाको पनि निधन भएपछि बेसाहा बनेका थिए ।
२०७८ मंसीर २८ गते आमा शान्ति कामीको निधनपछि काकी चन्द्रकला कामीले स्याहार गर्दै आएकोमा पछि उनीहरुको परिवारमा श्रीमान श्रीमति बीच विवाद भएपछि बालबालिकाहरु थप समस्यामा परेका थिए । उनीहरुको समस्या देखेर स्थानीय अमृता घर्तीले चारै जनालाई आफुसँग राखेर पालनपोषण गर्दै आउनुभएको थियो ।
तर, दीर्घकालीन व्यवस्थापन गर्न समस्या भएपछि अन्ततः आज उनीहरुलाई एसओएस बाल ग्राम सुर्खेत पठाइएको नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो ।
आमा शान्ति कामीको निधनपछि अनाथ बनेका बालबालिकाहरुको पालनपोषणका लागि विभिन्न व्यक्ति, संघसंस्थाले चासो लिएपनि दीगो नहुने देखेपछि सुर्खेत पठाइएको उहाँले बताउनुभयो ।
आज १४ वर्षीय दीपक कामी, उनकी बहिनी १२ वर्षीया सर्मिला विश्वकर्मा, भाई ७ वर्षीय अशोक कामी र डेढ वर्षकी सोनिया कामीलाई पछिल्लो समय रेखदेख गर्दै आउनुभएकी अमृता घर्ती, उहाँका श्रीमान र फुपाजुसँग सुर्खेत पठाइएको अध्यक्ष केसीले बताउनुभयो ।
अब उनीहरु २१ वर्षको उमेरसम्म त्यहीँ बसेर निशुल्क रुपमा शिक्षादिक्षा लिनेछन् । उनीहरुलाई सुर्खेतसम्म पुर्याउन पद्योदयमा २०५५ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले आर्थिक सहयोग गरेको छ । दुखमा सहयोग गर्नुपर्छ भनेर यातायातको व्यवस्था गरिदिएको सो समुहका अध्यक्ष जीवन अधिकारीले बताउनुभयो ।
बालबालिकाको दुख देखेर स्याहार सुसार गर्दै आउनुभएकी अमृताले आवश्यक कागजी प्रकृयामा पनिसघाउनु भएको थियो । उनीहरुको दुख देखेर उज्जवल भविष्यका लागि निस्वार्थ सहयोग गरेको उहाँले बताउनुभयो । एसओएस संस्थाले अभिभावकत्व लिएपछि उहाँलाई पनि खुशी लागेको छ ।
यस्तै,अनाथ बनेका दीपकले पनि आफुहरुको भविष्यको लागि पहल गरेर राम्रो ठाउँमा पुर्याएको भन्दै हर्षित भएको बताउनुभयो । बालबालिकाहरु अनाथ बनेपछि औपचारिक रुपमा स्थानीय सरकारले सार्थक पहल नगरेको पाइएको छ ।
