पाल्पा । एक वृद्धालाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा एक युवक पक्राउ परेका छन।
पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नम्बर ६ सत्नचुलीडाँडा बस्ने २५ वर्षीय शंकर बिक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बिकले शनिबार राति करिब १० बजेतिर स्थानीय ६० वर्षीय महिलालाई जबर्जस्ती करणी गरेकाे उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
त्यस्तै पिडित महिलाले आइतबार बिहान जिल्ला प्रहरी कार्यालयमा आएर जानकारी गराएपछि खटिएको प्रहरीले बिकलाई पक्राउ गरि अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेकाे नायव उपरीक्षक थापाले बताए।