Sidha Patra शुक्रबार, साउन २०, २०७९

दाङ । अति विपन्न मुस्लिम परिवारको जनता आवास मार्फत पक्कि घर निर्माण सुरु भएको छ । लमही नगरपालिका वडा नं. ५ सुनखोली निवासी रमजान अहमदको घर निर्माण सुरु भएको हो ।

सहरी विकास तथा भवन कार्यालय मार्फत चालु आर्थिक बर्षमा स्विकृत बार्षिक कार्यक्रमबाट अहमदको घर निर्माण थालिएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरको जग शिलन्यास गर्नु भएको छ ।जनता आवास मार्फत अति विपन्न दलित, मुस्मिल र लोपन्मुख जातीको लागी पक्कि घर निर्माण गर्ने नीति अनुसार रमजानको घर निर्माण थालिएको हो ।‘पानी झरी होस, हावा हुरी चलेको बेलामा राम्रो ओत चाहिन्छ । घर बन्यो भने पानी झरी,चर्काे घाम, हावाहुरी,किराकाँटीको डर हुने छैन्’उहाँले भन्नुभयो–‘ढुक्कले नयाँ घरमा बास बस्न सकिन्छ ।’

चालु आर्थिक बर्षमा दाङ क्षेत्र नं. १(ख)मा २१ वटा घर जनता आवास मार्फत निर्माण हुदैछन् । जग शिलान्यास कार्यक्रममा लमही नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, नेकपा एमाले लमही नगर ईञ्चार्ज रतनकुमार केसी लगायतको उपस्तिथी रहेको थियो । दुई कोठा, एउटा बरण्डा भएको, पक्कि ईट्टाको गारो, टिनको छानो र एउटा शौचालय सहित घर बनाइने छ । एउटा घर निर्माण गर्न तीन लाख ३६ हजार रुपैयाँ अनुदान दिइने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]