
Sdc
Amb
Dbc
pvg
Snmbs
Gesld
snmbs
Dpm
Ges
dpm
Mbf
Pbu
rgs
Snmbs
sjnsplk


दाङ । नेपाल मगर संघ लमही नगर कमिटीको आउँदो भदौ २५ गते आफ्नो नगर अधिवेशन गर्ने भएको छ । संघको नियमित बैठक संगै कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिदै शनिबार एक कार्यक्रमको बीचमा उक्त निर्णय भएको हो ।
लमही नगरपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष बसन्ती राना मगरको अध्यक्षता तथा देश भक्त आवाजका संरक्षक बाबु रोका मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि रोकाले मगरहरुको भाषालाई संरक्षण गर्नको लागि प्रशिक्षणको माध्यमद्वारा भाषा सिकाउनु पर्ने बताउनु भएको छ ।
भूगोल र समाजको आधार कतिपय मगरहरुले आफ्नो भाषा समेत बोल्न नसक्ने अबस्थामा रहेकोेले यस विषयमा सम्बन्धित निकायसंग समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्यस्तै कार्यक्रमम लमही नगर कमिटीका अध्यक्ष जगत पुनले नेपाल मगर संघ एउटा आफ्नो हक अधिकार र पहिचानको लागि मात्र नभएर समग्र देशको विकास निर्माणमा टेवा पुर्याउने उदेश्यको साथमा अघि बढेको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष पुनले भन्नु भयो अहिले हामी लमही नगर भित्रका सम्पूर्ण मगर जनसमुदायको हक हितको लागि मात्र नभएर समग्र नगरको विभिन्न विकास निर्माणको कार्यमा सहकार्य गरेर अघि बढ्न खोजेको बताउनु भयो ।
त्यस्तै उहाँ आउँदो भदौ महिनाको २५ गते नेपाल मगर संघ लमही नगर कमिटीको अधिवेशन हुने भएको हुँदा उक्त अधिवेशनमा सम्पूर्ण मगरहरुलाई सहभागी भएर नगर अधिवेशन सफल पारिदिन अनुरोध समेत गर्नु भएको छ ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष संगम कुमार आले मगर लगायतकाले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन लमही नगर कमिटीका कार्यबाहक सचिव टीका जि.एमले गर्नु भएको थियो ।

