
Dbc
Snmbs
Mbf
Pbu
rgs
Sdc
Gesld
Ges
Amb
Snmbs
dpm
Dpm
snmbs


बाँके । बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, यातायात र कृषि प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गरेर काम गर्ने योजना तयार भएको नरैनापुर गाँउपालिकाका प्रमुख इश्तियाक अहमद शाह बताउनुहुन्छ ।
“आन्तरिक आय कमजोर भए पनि यो पालिकामा हामीले जनताको आवश्यकतालाई मध्यनजर गरेर कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “माध्यमिक विद्यालयसम्म अहिले निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेका छौ । त्यसैले पहिलो काम माध्यमिक तहसम्मको शिक्षालाई गुणस्तरीय बनाउन योजना रहेको छ ।” सरकारले तोकेको,नेपालको संविधानले व्यवस्था गरेको तर विद्यार्थीमा कार्यान्वयन नभएको माध्यमिक तहसम्मको अध्ययनलाई कार्यान्वयन गराउन निर्देशन दिएका छौँ,यो जसरी पनि कार्यान्वयन गराएरै छाड्ने छौँ, प्रमुख शाहले भन्नुभयो ।
नरैनापुर क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ठूलो रहेकाले त्यहाँका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विशेष ध्यान दिएर कार्यक्रम संचालन गरिएको छ । मधेशी, मुस्लिमहरुको बाक्लो बसोबास रहेकाले उनीहरूको शिक्षामा सहज ढङ्गले पहुँच स्थापित गराउनका लागि सचेनताका कार्यक्रम र निःशुल्क शिक्षा उपलब्ध गराउने प्रमुख शाहले बताउनुभयो । निश्चित समुदायका बालबालिकालाई उच्च शिक्षा हासिल गर्नका लागि पालिकाले सहयोग गर्ने गरी कार्यक्रम तय गरेको प्रमुख शाहले भन्नुभयो ।
“बाहिरबाट हेर्दा बाँके सुगम जिल्ला भनिन्छ तर हाम्रो नरैनापुर गाँउपालिकामा बिरामी हुँदा राम्रो अस्पतालको अभाव रहेको छ ।
त्यस्तै एक घण्टा लगाएर सदरमुकाम नेपालगंज पुग्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसलाई अन्त्य गर्न आफ्नै पालिकामा अस्पताल निर्माण गरेर विशेषज्ञसहितको स्वास्थ्य उपचार गराउने योजनाका साथ लागेका छौँ,” शाहले भन्नुभयो । अस्पातलको स्तरोन्नति हुँदैछ, अब सामान्य बिरामी हुँदा नेपालगंज जाने बाध्यता छिट्टै हट्नेछ । नरैनापुरका नागरिकहरु हिँडेर तथा सवारीसाधनको प्रयोग गरेर लक्ष्मणपुर आएपछि उनीहरूले उपचार गराउन सक्ने अवस्था बन्दै छ, जनता समाजवादी पार्टीबाट निर्वाचित प्रमुख शाहले भन्नुभयो ।
पालिकाले सबै स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने र लक्ष्मणपुरमा रहेको स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने कामलाई तत्काल कार्यान्वयन गर्ने गरी काम अगाडि बढाएका उहाँले भन्नुभयो । नरैनापुर दुर्गम होईन सुगम पालिकाको रुपमा विकास गर्न वडा अध्यक्षहरु समेत प्रतिबद्ध रहेकोले विकासको बिगुल फुक्न सफल हुने जिकिर गर्नु भयो ।
त्यस्तै प्रमुख शाहले भन्नुभयो, ‘नरैनापुर ६ का वडा अध्यक्ष शिक्षक भएर लामो समय काम गरी सेवा निबृत्त भएर आउनु भएकोले शिक्षा क्षेत्रलाई सुधार गर्न पालिका भित्र रहेका विद्यालयहरुको अनुगमन गर्न समिति निर्माण गरिएको बताउदै शिक्षा क्षेत्रमा लाप्रवाही गर्ने कार्यकालमा नरैनापुर शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा नमूना योग्य काम गरी सदरमुकाम संग जोडेर नेपाली हुँ भन्ने कुराको गर्भ गराउन सफल भएको जिकिर गर्दै पूनः जनताले आफनो अभिमत दिएर एक पटक फेरी सेवा गर्ने दिएकोले जनताको मतलाई खेरा जान नदिने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो,विशेषगरी छोरीको जन्मदर्ता र शिक्षामा जोड दिन्छु। ताकि कुनै पनि छोरी गर्भमै नमारिउन्।’
