Sidha Patra आइतबार, साउन १५, २०७९

दाङ । दाङका एक युवाले जन्मदिनको अवसरमा मानव सेवा घरलाई सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका दुधेना घर भई हाल अष्ट्रेलिया निवासी करण भण्डारीले आफ्नो जन्ददिनको अवसरमा मानव कल्याण समाजद्वारा सञ्चालित मानव सेवा घरलाई सहयोग गर्नुभएको हो ।

भण्डारीले जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सेवा घरलाई आवश्यक कुर्सी र खाने तेल सहयोग गर्नुभएको हो । शनिवार परेको जन्मदिनको अवसरमा उहाँले सेवा घरलाई १० वटा कुर्सी र १० लिटर खाने तेल सहयोग गर्नुभएको छ । सहयोग सामाग्री उहाँका दाई नारायण बस्नेतले सेवा घरमा पुगेर हस्तान्तरण गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पाण्डेको उपस्थितिमा सहयोग सामाग्री सेवा घरलाई हस्तान्तरण गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]