प्युठान । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा आज मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभएको छ ।
स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटनामा घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।
प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर हिजो तीर्थयात्राका लागि स्वर्गद्वारी गएका थिए । जीपमा १७ जना सवार रहेका थिए ।