
pvg
Dbc
dpm
Mbf
Snmbs
Gesld
rgs
Snmbs
Pbu
Dpm
Sdc
Ges
snmbs
Amb
sjnsplk


काठमाडौं । नेपाल सरकार मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक तर्फका प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रशासन तर्फका प्रहरी उपरीक्षक ३६ जना,प्राविधिकतर्फका प्रहरी उपरीक्षक १२ जना,प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक १ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक ८ जना रहनुभएको छ ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ-आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी संगठनले राम्रो व्यक्तिलाई पदोन्नति गरेको रहेछ भन्ने अनुभूति हुनेगरी काम गर्न निर्देशन दिनुभयो । साथै उहाँले आ-आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा दत्तचित्त भएर सेवाभावका साथ काम गर्ने विश्वास व्यक्त गर्दै चिकित्सकहरूले अस्पतालमा आउने सम्पूर्ण विरामीलाई आफ्नै घरमा अभिभावक स्वंयले नै हेरचाह र ख्याल गरिरहेको महशुस हुने गरी स्वास्थ्य सेवा र उपचार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठन आफैमा गतिशील हुने र सरुवा बढुवा लगायतमा सबै कर्मचारीहरूको समान मूल्याङ्कन हुने भएकोले अझै बढी कटिबद्ध एवं अनुशासनमा रही कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । संगठन बलियो भएमात्र व्यक्ति बलियो हुने भएकोले सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल्य मान्यता राख्दै अनुशासित ढङ्गले काम गरी आगामी पुस्तालाई राम्रो सन्देश हस्तान्तरण गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामीले विज्ञान प्रविधिमा भएको विकासको दुरूपयोगका कारण अपराधको क्षेत्रमा देखापरेका नविनतम चुनौतीको सामना गर्न नेपाल प्रहरीको कार्ययोजना, संगठनको मूल्य मान्यता र नीति नियमको अधिनमा रही इमान्दारिताका साथ थप सक्रिय भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू,वरिष्ठ प्रहरी अधिकृतहरू,प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।
