
pvg
rgs
Pbu
Dpm
dpm
Ges
Snmbs
Gesld
Mbf
Dbc
Snmbs
snmbs
sjnsplk
Sdc
Amb


काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी धिरज प्रताप सिंहलाई जानकारी दिएको १ घन्टा भित्र कडा निर्देशनमा युट्युवर प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
साइवर ब्यूरोबाट खटिएको टोलीले साउन ९ गते कावासोती नवलपरासीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट साउन १० गते दिन ७ म्याद थप अनुमती अनुसन्धान थालेको छ ।
युट्युवर भुसालले ‘बदमास केटा’ नामक युट्युव च्यानल सञ्चालन गरी बाटोमा हिँडिरहेकी महिलाको साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हानिदिन्छु भन्दै एक महिलालाई आतंकित बनाएको प्रहरीको भनाइ छ । उनले महिलामाथि अति सम्वेदनसिल बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट र अपलोड गरेका थिए ।
नवलपरासी साबिक देउराउली गाविस वडा नम्बर ४ वतन भइ हाल नवलपरासी बर्दाघाट सुस्ता पूर्व, हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षका भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको साईवर ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक पशुपति कुमार रायले जनाएका छन् । युट्युवर भुसालमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
