दाङ । नेपाल प्रेस युनियनको साउन ६ र ७ गते मकवानपुरको हेटौडामा भएको महाधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिमा दाङका ११ जना पत्रकारहरु बिजयी भएका छन् ।
नेपाली कांग्रेसको सु–इच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवशनबाट दाङका ३ जना पदाधिकारीमा र ८ जना सदस्य पदमा बिजयी भएका हुन । त्यस्तै उपमहासचिवमा सुलोचना गौतम, सचिवमा भुवन शर्मा र कोषाध्यक्षमा माधव धिताल बिजयी भएका छन ।
यस्तै सदस्यहरुमा मुक्तीबाबु रेग्मी, बसन्त योगी, चेतन रेग्मी, लोकराज अधिकारी, नारायणी रजौरे, आत्मा गुरागाई, लक्ष्मीमान चौधरी र अञ्जना चौधरी बिजयी भएको नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । यो सँगै नेपाल प्रेस युनियन केन्द्रिय समितिमा दाङले बाक्लो उपस्थिति जनाएको छ ।फरककोण