
Sdc
sjnsplk
dpm
snmbs
Dpm
rgs
Snmbs
pvg
Gesld
Ges
Dbc
Mbf
Amb
Pbu
Snmbs


बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको महातहतमा रहेको ट्राफिक प्रहरी चेक पोष्ट धनौली खजुराले १४ वटा बाख्रा सार्वजनिक यात्रु बोक्ने यातायात बसमा काठमाडौं लग्न लागिएको खसी बोका पैसा लिएर छोडे पछि बसमा यात्रा गर्ने एक पेसेन्जरले जिल्ला प्रहरी कार्यालय बाँकेलाई फोन गरेर भने पछि बाँके प्रहरीले भ्यान पठाएर धम्बोजी चोकमा बसलाई रोकेर कार्वाही गरेको छ ।
आईतबार राती बर्दियाबाट काठमाडौं लैजादै गरेको भे. १ ख. ८८१८ नम्बरको बसमा लोड गरिएको १४ वटा खसी बोका खजुरामा रहेको ट्राफिक प्रहरी पोष्टले चेकजाँच गरेर पनि बाँके ट्राफिक इन्स्पेक्टर हिमालय शाहको निर्देशनमा छोडेको थियो ।
त्यस्तै उक्त बसलाई धम्बोझी चोकमा चेकजाँच गर्दा पक्राउ गरेर नियम पुर्ब सम्पूर्ण कागजात नभएको हुँदा खसीलाई गाडीमा जिल्ला प्रहरी बाँके लगाएको थियो । सार्वजनिक सवारीसाधनमा त्यसरी पशुपन्छी लैजान नपाइने नियम भए पनि बाँके ट्राफिक प्रहरी इन्स्पेक्टर शाहको निर्देशनमा ट्राफिक चेकपोष्टले चेकजाँचको क्रममा उक्त खसी बाख्रा छोडेको नाम नबताउने सर्तमा एक प्रहरी जवानले बताए ।
यस्तै बसमा सवार एक खसी ब्यापारीले बाँकेका ट्राफिक प्रमुख इन्स्पेक्टर हिमालय शाहको मिलोमतोमा आफ्नो भर भर्पर्दो ट्राफिक इन्चार्जलाई पठाएर बाँके देखि बसमा सेट्ङ्गमा ट्राफिक प्रहरीले चेकजाँच नगर्ने बसमा खसी तस्करी गर्ने गरेको बताए ।
त्यस्तै यता बाँके जिल्ला ट्राफिक इन्स्पेक्टर
हिमालयन शाहलाई यसबारेमा (9851282960) (985808060) फोन सम्पर्क गर्न खोज्दा फोन उठेन ।
