
Tgp
Ppu
Ksb
Bsn
Usb
Ksb
Fmb
Rks
Ssb
Nsb
Gsb
jsb
Csb
Rsb
Ksb
Ssb

Ssb
Tsb
Gsb
Usb
Hl1

ptl
Rgu
Nps
पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । चालक सहित २२ यात्रु बोकेर गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस आईतबार सांझ रिब्दीकोट गाउँपालिका –२ लघुवामा दुर्घटना भएको हो।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारिले बिरेन्द्र थापाले जानकारी दिए । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । उनका अनुसार दुर्घटनामा परी घाईते भएका १६ जनामध्ये दुई जनाको अवस्था गंभिर छ।
त्यस्तै घाइतेहरु सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बस सडकको डिल भासिएर करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना बारे बिस्तृत बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी थापाले बताए ।
