Sidha Patra आइतबार, साउन ०८, २०७९

दाङ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ईकाई कमिटी घोराहीले सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

घोराहीको नयाँ बसपार्कमा आईतबार गरिएको प्रशिक्षण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियार र हिमालयन एभरेस्ट ईन्सुरेन्सका दाङका प्रमुख डा.लोकराज पराजुलीले प्रशिक्षण दिनु भएको थियो ।

संगठनका इकाई अध्यक्ष धनबहादुर पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक परियारले सबैको प्रयासले मात्रै सवारी दुर्घटना न्युनिकरण सम्भव भएको बताउनुभयो ।
ट्राफिक नियम अनिवार्य पालना गर्न जरुरी भएको हुँदा अरुका लागि नभई आफ्ना लागि नियम बनाइएको हो भन्ने बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । ट्राफिक प्रहरी देखे मात्रै नियम मान्ने काम हुने गरेको हुँदा सुरक्षित यात्राका लागि गम्भीर बन्न सवारी चालक र सहचालकलाई आग्रह गर्नुभयो ।

सडक अनुशासन कायम गर्न अपिल गर्दै उहाँले सिट क्षमता भन्दा बढि यात्रु नबोक्न, तिव्र गतिमा सवारी नचलाउन, मेरो भरमा यात्रु छन् भन्ने आत्मबोध गरेर सवारी चलाउन उहाँको आग्रह थियो । मनैदेखि नियम पालना गरेमा अनाहकमा हुने जनधनको क्षतिबाट बच्ने मात्रै नभई यातायात क्षेत्र पनि सुरक्षित हुने हुँदा सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

यस्तै उहाँले यातायात व्यवस्था विभागले पछिल्लो समय बनाएको जरिवानाका सन्दर्भमा पनि जानकारी गराउनुभएको थियो । उहाँका अनुसार विभिन्न ८ प्रकारका गल्ती गरेर सवारी साधन चलाएमा चालकले १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

हिमालयन एभरेस्ट ईन्सुरेन्सका दाङ प्रमुख डा। लोकराज पराजुलीले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर हुनुपर्ने बताउनुभयो । जनधनको क्षति कम गर्दै यातायात क्षेत्रलाई कसरी सुरक्षित बनाउने भन्नेमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले सवारी दुर्घटनाका कारण ईन्सुरेन्स कम्पनीले सहयोग गर्दै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष एवम् लुम्बिनी प्रदेश उपाध्यक्ष केशव भण्डारीले यातायात मजुदरको पक्षमा संगठनले काम गर्दै आएको हुँदा आगामी दिनमा यो क्षेत्रलाई थप मर्यादित र विश्वशनीय बनाउने अभियानमा लागेको बताउनुभयो । उहाँले म जिम्मेवार चालक हुँ भन्ने भावनाको विकास गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा,नयाँ बसपार्क अस्थायी प्रहरी पोष्टका ईन्चार्ज पानबहादुर बुढा,रेडियो मध्यपश्चिमका समाचार प्रमुख छबि पुरी,केन्द्रीय महिला सदस्य लक्ष्मी रानालगातले बोल्नु भएको थियो ।

संगठनका कोषाध्यक्ष वसन्त केसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रको सहजीकरण संगठनका कार्यालय प्रमुख दामोदर शर्माले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]