
Gesld
snmbs
Mbf
Pbu
Dbc
Amb
dpm
sjnsplk
pvg
Snmbs
Snmbs
Dpm
rgs
Ges
Sdc


दाङ । जनप्रतिनिधि तथा कर्मचारीलाई दिइएको मोटरसाइकल जिप,कार लगायत सवारीसाधनमा घरायसी कामकाजमा ब्यापक प्रयोग भइरहेको भेटिएको छ ।
शनिबार,सार्वजनिक बिदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने भए कर्मचारी र जनप्रतिनिधिले सरकारी सवारी आफ्नो निजि कामको लागि चलाउने गरेको भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट पटक पटक घरायसी तथा अनावश्यक काममा सवारी प्रयोग नगर्न आग्रह गरे पनि सवारी साधनको दुरुपयोग रोकिएको छैन ।
कर्मचारीहरुले सवारी साधनमा पारिवारिक कामकाजका लागि प्रयोग गरिरहेका छन् । साथै उनीहरुले बजारमा फलफूल तरकारी दुध किन्न र समेत सरकारी गाडी नै प्रयोग गरिरहेका हुनछन् ।
कर्मचारीले दिएको जिम्मेवारी भन्दा व्यक्तिगत व्यावसायिक कामका लागि सरकारी साधन दुरुपयोग भएपछि स्थानीय आक्रोशित भएका छन् ।
सार्वजनिक बिदा शनिबार दाङको भालुवाङ बजारमा यातायात कार्यालय दाङ भालुवाङको बा.२ ब. ३५७३ नम्बरको सरकारी मोटरसाई फलफूल र तरकारी दुध किन्नमा चरम दुरुपयोग मात्र होइन, ट्राफिक नियमको उल्लंघन समेत गरेको पाइएको छ ।
यस्तै शनिबार बिहान् प्युठान बन कार्यालयको सरकारी मोटरसाइकल प्रशासनको बिना पास भालुवाङको एक होटलमा दुरुपयोग गरेको पाइएको छ । अस्थायी ट्राफिक पोस्ट भालुवाङलाई एबिसी संचारको पत्रकार सन्तोष थापा क्षेत्रीले जानकारी गराए पछी मोटरसाइकल प्युठान फर्काएको थियो
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले सार्वजनिक बिदाको दिन ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सरकारी सवारी साधन भेटाएसम्म जरिवाना कार्वाही र अबदेखि पास बिना नचलाउन सम्झाई बुजाई छोडेको बताए ।
यता दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सरकारी सवारीसाधन दुरुपयोग नियन्त्रण गरिने आश्वासन दिएका छन् । त्यस्तै उनले सरकारी कर्मचारीलाई पटक पटक निर्देशन र अनुरोध गरेको पनि बताए । हामीले सबैलाई अनुरोध र निर्देशन गरेकै हुन्छौँ,ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।
