
sjnsplk
snmbs
rgs
Ges
Amb
Gesld
Sdc
Snmbs
Mbf
pvg
Snmbs
Dpm
Pbu
Dbc
dpm


दाङ । आन्तरिक राजश्व कार्यालय तुलसिपुरसंगको समन्वय र सहकार्यमा गढवा उद्योग बाणिज्य संघद्वारा संघको कार्यक्षेत्र राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका विभिन्न स्थानहरुमा कर शिविर संचालन हुने भएको छ ।
घरदैलोमै ब्यवसायिहरुलाई आयककर तथा अन्तःशुल्क बुझाउने र ब्यवसाय नविकरण गर्ने सेवा प्रवाह गर्नकालागि गढवा उद्योग बाणिज्य संघले बर्षेनी गर्दै आएको सेवा प्रवाहलाई निरन्तरता दिदै अगामी साउन ११ गतेदेखि दक्षिण देउखुरीका पाँच स्थानहरुमा तीन दिनसम्म शिविर संचालन गर्न थालिएको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले जानकारी दिनुभएको छ ।
जस अनुसार साउन ११ गते बिहान ७.३० बजेदेखि १२ बजेसम्म राजपुरको जंग्रहवा चोंकमा तथा सोहि दिन १ बजेदेखि ५ बजेसम्म बेला बजार चोकमा शिविर सञ्चालन गरिने भएको संघका बाणिज्य उपाध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिनु भयो । त्यसैगरि साउन १२ गते बिहान ७.३० बजेदेखि १२ बजे सम्म कालाकाटे चोकमा शिविर संचालन हुने भएको छ भने सोहि दिन दिउसो १ बजेदेखि साँझ ५ बजे सम्म पचाहाको पुतलीबजारमा शिविर सञ्चालन हुने छ ।
त्यस्तै साउन १३ गढवा बजार स्थित संघको सभाहलमा बिहान ८ बजेदेदि बेलुका ५ बजे सम्म कर शिविर सञ्चालन हुने कार्यक्रम तय भएको संघका अध्यक्ष खिमबहादुर बुढाले जानकारी दिनुभयो । जसकालागि रेडियो साझा आवाजमा सार्वजनिक सुचना प्रसारण गर्ने,संघको कार्यक्षेत्र गढवा गाउँपालिकाको धानखोला देखि राजपुरको गंगदी सम्म माईकिङ गर्ने र सुचना समेत टाँस समेत गर्ने निर्णय भएको सघका बरिष्ठ उपाध्यक्ष रामबहादुर बुढाथोकीले बताउनुभयो ।
यस्तै कर बुझाउनका लागि सम्बन्धित ब्यवसायीहरुले गतबर्ष आयकर बुझाएको रसिद तथा पान नम्बर खुल्ने प्रमाण–, अन्तःशुल्कको सक्कल प्रमाण–पत्र र उद्योग बाणिज्य संघमा दर्ता भएको प्रमाणपत्र तथा नविकरण गरेको रसिद ल्याउनु पर्ने छ । यसबर्ष नेपाल सरकारले आयकरको हकमा ७० प्रतिशत छुट गरेको छ भने अन्तःशुल्कको हकमा भने बिगतमा पनि छुट नभएको र यो बर्षपनि नहुने नियम रहेको बताइएको छ ।
आन्तरिक राजश्व कार्यालयको संगको परामर्श र आदेश बमोजिम उद्योग बाणिज्य संघ मार्फत कर संकलन गर्ने र राजश्व कार्यालयको खाताको बैंक भौचर मार्फत कर कार्यालयमा राजश्व दाखिला गर्ने तथा अन्तःशुल्कको हकमा कर तथा सक्कल प्रमाणपत्र समेत संकलन गरि एकमुष्ठ दाखिला गर्ने र प्रमाण–पत्र नविकरण समेत गरेर ल्याउने संघको जिम्मेवारी रहने अध्यक्ष बुढाले जानकारी दिनुभयो । आ–आफ्नो ब्यवसायको आयकर तथा अन्तःशुल्क समयमै बुझाउन र दर्ता नभएका ब्यवसायीहरु सरकारको दायरामा आई दर्ता गरेर मात्र ब्यवसाय सञ्चालन गर्न कर कार्यालयले सबैमा आग्रह गरेको छ ।
