
Rsb
Nsb
Gsb
Rks
Ksb
jsb
Bsn
Ssb
Ssb
Ksb
Ppu
Usb
Fmb
Tgp
Ksb
Csb

Usb
Tsb
Gsb
Ssb
Hl1

Rgu
ptl
Nps
दाङ । दाङ जिल्लाको विभिन्न स्थानबाट चोरी भएका ६ वटा मोटरसाईकलसहित ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
दाङ जिल्लाको विभिन्न स्थानहरुबाट विभिन्न मितिमा नामथर नखुलेका ब्यक्तिहरुले मोटरसाईकल चोरी गरेको भनी जिल्ला प्रहरी कार्यालयमा दिएकोे उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खोजतलासको लागि विशेष अप्रेसन टोली गठन गरी अनुसन्धान अघि बढाइएकोमा प्रहरीले मोटरसाईकल सहित ३ जनालाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ९ सखी घर भई हाल घोराही उपमहानगरपालिका वडा नं.१४ बस्ने वर्ष ३० का भानुभक्त बाँठा, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोट घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. ११ बस्ने बर्ष २१ का मदन पुन र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास बस्ने वर्ष १८ का बादल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो ।
यस्तै चोरी भएको मोटरसाईकल तथा चोरी गर्ने मानिसहरुको खोजतलास गर्दै जाने क्रममा दाङको विभिन्न स्थानबाट प्रहरीले मोटरसाईकल बरामद गरेको थियो । प्रहरी उपरीक्षक काफ्लेका अनुसार, लु ३७ प ३४३, रा ६ प ४१५४, रा २ प ९३४४, लु ६० प ३४९१, रा ६ प ४३०१ र रा ६ प ३३८८ नम्बरको मोटरसाईकल उनीहरुको साथबाट बरामद गरिएको छ । बरामद भएको केही मोटरसाईकल धनी आफुहरुको सम्पर्कमा आईसकेको जानकारी गराउँदै उहाँले घटनाबारे अनुसन्धान अघि बढाइएको बताउनुभयो ।
घटनामा संलग्नहरु पेशेवर हुन सक्ने आशंका गर्दै उहाँले उनीहरुलाई सघाउने अरु व्यक्तिको पनि हात हुन सक्ने भएकाले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको उहाँको भनाई छ । केही समययता,जिल्लाका विभिन्न स्थानबाट मोटरसाईकल हराउने क्रम निकै बढेको छ । प्रहरीका अनुसार,यस प्रकारका घटनामा संलग्न हुनेहरुले मोटरसाईकल चोरी गरी पहाडतिर बिक्रि गर्ने गरेको पाइएको छ ।
त्यस्तै घटनामा संलग्न अभियुक्तहरू उपर मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को परिच्छेद २० को दफा २४१ को उपदफा १ ले परिभाषित गरेको कसुरमा सोही परिच्छेदको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्ष सम्म कैद र ३० हजार रूपैयासम्म जरिवाना हुन सक्ने कानूनी प्रावधान रहेको छ ।
