
Ssb
jsb
Ksb
Bsn
Rks
Fmb
Ksb
Rsb
Usb
Nsb
Tgp
Ksb
Csb
Ppu
Ssb
Gsb

Ssb
Gsb
Tsb
Hl1
Usb

Nps
ptl
Rgu
रौतहट । सशस्त्र प्रहरी बल रौतहटले १ सय ९२ किलो गाँजा सहित एउटा गाडी नियन्त्रणमा लिएको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ६ कुडियाबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो ।
त्यस्तै कुडियास्थित आँपको बगैंचामा पार्किङ गरी राखिएको भारतीय नम्बर डिएल सिएनबी ६२२९ नम्बरको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो । गाडीमा १३ वटा पोकामा प्रतिपोका १४.८ केजीको दरले १ सय ९२.४ केजी गाँजा फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको सुरक्षा टोलीले नियन्त्रणमा लिएको सवारी साधन र बरामद भएको गाँजालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।अनलाइनखबर
