
Gesld
Mbf
Snmbs
Sdc
dpm
Dpm
Pbu
snmbs
Snmbs
Dbc
Ges


दाङ । जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा हिरालाल रेग्मी आए सँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख झबिन्द्र परियारको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई दाङ ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका मातहतले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशन अनुसार कार्यान्वयन गर्ने क्रममा जिल्लाका विभिन्न ठाउँबाट सो सवारी साधन नियन्त्रणमा लिएको हो ।
जिल्ला भित्र सरकारी नम्बर प्लेटका सवारी साधनहरू पास बिना चलाइएको पाएपछि विभिन्न ठाउँमा चेकजाँच गरेका थियौ । दुई पाङ्ग्रे मोटरसाइकल ३ वटा होल्डमा राखी सम्झाई बुझाई छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङकाट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए ।
उनीहरूलाई पहिलो पटक सचेत गराइएको र अव उप्रान्त सम्बन्धित कार्यालय वा अधिकारीबाट पास लिएर मात्र सार्वजनिक बिदाको दिन चलाउन हुन अनुरोध गरिएको ट्राफिक प्रमुख परियारले बताए ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन नपाउने व्यवस्था छ ।
