
Sds
Mbdvs
Gisld
mbd
Pbu
Rbs

Vor
nsb
Rgs
Ksm
Gst
Sls
Hal
Ssm
Rgu
Asm
Ggd
Rgu
Bbu
Sbs
Pvg
Bbbpu
Wsp
Tsm
Rsb

Syp
Mks
Ptm
bbt
sab
Bml
Gsb
Jmb
Pls
Jmb
Rmb
Rpp
Abd
बाँके । सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन् । आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन् । वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए ।
उनका अनुसार पक्की नभएका कारण उक्त नहर पटक–पटक बन्द हुँदै आएको थियो । किसानको मागअनुसार सिक्टा सिँचाइ आयोजनामा पहल गरेपछि आयोजना कार्यालयले पुरानो नहरमा पानी छाडिदिएको हो । उक्त नहरको पानीले वडा नं ६ र ७ किसानले खेती गर्न सक्नेछन् ।
आयोजनाले अगैयास्थित मुख्य बाँधबाट राप्तीसोनारीको बैजापुर, बिनौना, फत्तेपुर हुँदै नरैनापुर गाउँपालिकासम्म राप्ती नदीको पानी पुर्याउने लक्ष्यका साथ नहर निर्माणकार्य गरिरहेको छ । यसअघि फत्तेपुरका स्थानीयवासीले पटक–पटक पुरानो नहरको इन्टेकमा कच्ची बाँध बनाएर राप्ती नदीको पानी सञ्चालन गर्न खोजे पनि नियमितरूपमा पानी सञ्चालन हुनसकेको थिएन ।
सिक्टा सिँचाइ आयोजनाले पहिलोपल्ट पूर्वी नहरमा सात क्युमेक्स पानी छाडेको छ । नहरमा पानी बगेपछि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानले चार क्युमेक्स पानी पाएको आयोजनाका निर्देशक सन्तोष कैनीले जानकारी दिए ।
उनका अनुसार पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगेको छ । यसअघि पश्चिम मूल नहर र राजकुलोबाट पानी छाडिएको थियो । वर्षा नभएका कारण रोपेको धान सुक्न थालेको र कतिपय किसानले रोपाइँ गर्न नपाएका कारण नहरमा पानी छाडिएको हो ।
