इराधा झाक्री मगर शनिबार, आषाढ ३२, २०७९

प्युठान । प्युठान जिल्ला नौबहिनी गाउँपालिका वडा नम्बर वडा नम्बर ४ खबाङ बस्ने प्रेम बहादुर झाक्री मगरको छोरी लक्ष्मी झाक्री / गाहा मगर शरीरमा रगत उत्पादन गर्ने क्षमता एपलास्टिक एनेमियामा कमि भएकोले थला परेकी छिन ।

३२ वर्षे झाक्री मगर स्याङ्जा जिल्ला कालिगण्डकी गा.पा वडा नम्बर १ निबासी यमबहादुर गाहा मगरको बुहारी र पदम बहादुर गाहा मगरको श्रीमती लक्ष्मी झाक्री/ गाहा मगर हुन् । श्रीमान पदम बहादुर गाहा मगर वैदेशिक रोजगारको सिलसिलामा हुँदा भरि राम्रो पायो अबको दिनमा सबै पैसा सकिसके पछि गाहाको परिवार आर्थिक अभावमा परेको हुँदा लक्ष्मीको उपचार हुन पाएको छैन । लक्ष्मीको कोखबाट ९ वार्षिया एक छोरी छिन ।

गाहाका अनुसार उपचार गर्दा १० देखि १५ लाख सकिसकेयो श्रीमतीको कसरी उपचार गर्ने भनेर चिन्ता गर्नु भएको छ । गाहाको परिवार बिगत ८ वर्ष देखि दाङ जिल्ला राप्ती गा.पा वडा नम्बर १ भालुबाङमा बस्दै आएका छन । लक्ष्मी ४ वर्षदेखि शरीरमा रगत उत्पादन गर्ने क्षमता (APLASTIC ANEMIA)मा कमि आएकोले रोगसंग जुडिरहेकी छिन । पट्क-पट्क अस्पताल गइ रगत चढाई राख्नु पर्ने गरेको छ । रगत प्रती महिना दिन ४ पोकादेखि १०पोका अबस्था हेरेर चढाउनु परेको पीडित बताउछ्न। रगत बल्ड ब्याङ्कबाट प्रती पोका ७५० को दरले चदाउने गरेकोले उनी बताउछिन। अब त्यही माध्यमले नहुने भएकोले पीडितलाई रोगले झन चेप्दै गएको छ ।

अबको उपचार भनेको (मेन तु मेन ) मान्छेकोबाट आलो रगतले मात्र सम्भब हुने भएको छ । बिरामीको बल्ड ग्रुप ओ पोजिटिभ रहेको छ । रगत उत्पादन गर्ने क्षमता (BONE MEROW)मरुदन्डको अप्रेसन गर्नुपर्ने भएको छ । उक्त अप्रेसनको लागि १२ देखि १३ लाखसम्म खर्च लाग्ने सक्ने डाक्टरको भनाईलाई उदृध गर्दै बिरामीले बताईकि छिन । बेलैमा उपचार हुन नसक्दा बिरामीको अबस्थामा झन जटिल हुँदै गएको छ ।

यसैगरी बिरामीको उपचार खर्चको लागि आफ्न्तजन,देश तथा बिदेशमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली आमा- बुबा दिदिबहिनि तथा दाजुभाईहरुमा आफनो ठाँउबाट खुल्ला मनले सक्दो आर्थिक सहयोग गरिदिनु हुन पनि उनी अपिल गरेकी छिन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]