
Pbu
snmbs
Snmbs
Dbc
Dpm
Gesld
dpm
Sdc
Snmbs
Ges
Mbf


दाङ । लागु पदार्थ दुर्वेसनी सम्बन्धी सचेतना कार्यक्रम घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको मेरील्याण्ड पब्लीक ऐकेडेमीमा सम्पन्न भएको छ ।
समाज कल्याण केन्द्र नेपालको आयोजना तथा नयाँ पाईला पूर्नस्थापना केन्द्र विजौरीको सहयोग एवं मेरील्याण्ड पब्लीक ऐकेडेमीको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
समाज कल्याण केन्द्र नेपालका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही १३ का वडा अध्यक्ष डल्लुराम पोख्रेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढा मगरको विशिष्ट आतिथ्यतामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
सचेतना कार्यक्रममा नयाँ पाईला पूर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख शुरेस भुसाल, वडा सदस्य केश बहादुर घर्ती, विद्यालयका प्रधानाध्यपक राजेन्द्र श्रेष्ठ,सदस्य नैनसिंह घर्ती,लगायतको सहभागिता रहेको थियो ।
सचेतना कार्यक्रमको प्रशिक्षकमा नार्कोनन् नेपाल लुम्बीनी प्रदेश संयोजक बसन्त पुन रहनुभएको थियो ।
समाज कल्याण केन्द्रका सहसचिव अन्जना मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव जानका केसीले गर्नुभएको थियो । कार्यक्रममा कक्षा ६ देखी ९ सम्मका बालवालिकाहरुको सहभागिता रहेको थियो ।
