
Tgp
Ksb
Csb
Usb
Gsb
Ssb
Ppu
Ksb
Nsb
Fmb
Ksb
Ssb
Bsn
jsb
Rsb
Rks

Gsb
Tsb
Hl1
Ssb
Usb

Rgu
ptl
Nps
दाङ । डिभिजन वन कार्यालय दाङले सर्व साधारणलाई घर घरमै बिरुवा दिन शुरु गरेको छ ।
गाउँ-नगर बिरुवा बितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार सर्वसाधारणलाई घरमै बिरुवा दिन शुरु गरिएको छ। उपभोक्ताले बिरुवा लगाउन खोजेको तर नर्सरीसम्म लिन आउन झन्झट मान्ने सर्वसाधारणको सहजताका लागि घरघरमै बिरुवा बितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
त्यस्तै शुक्रबार आज बिहानैदेखि दुई वटा गाडिमा माइकिङ गर्दै कर्मचारी सहित बिरुवा ढुवानी गरेका गाडिले घरमै बिरुवा पुर्याउने राेपण कार्यमा सहजिकरण कार्य समेत सँगसँगै गरिएको छ ।
दैनिक जीवनमा काम लाग्ने र उपभोक्ताहरुले लगाउन माग गरिरहेका प्रजातिका बिरुवा नि: शुल्क वितरण थालिएको कार्यालयका सूचना अधिकारी खिम बहादुर के. सी. ले जानकारी दिनुभएको छ । अभियानका क्रममा टिमुर,दालचिनी,अमला,कल्की, कपुर,पारिजात लगायतका प्रजातिका विरुवा दिने ब्यवस्था गरिएको छ ।
