
Sdc
Dpm
Mbf
snmbs
Snmbs
Ges
Dbc
dpm
Gesld
Snmbs
Pbu


दाङ । डिभिजन वन कार्यालय दाङले सर्व साधारणलाई घर घरमै बिरुवा दिन शुरु गरेको छ ।
गाउँ-नगर बिरुवा बितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार सर्वसाधारणलाई घरमै बिरुवा दिन शुरु गरिएको छ। उपभोक्ताले बिरुवा लगाउन खोजेको तर नर्सरीसम्म लिन आउन झन्झट मान्ने सर्वसाधारणको सहजताका लागि घरघरमै बिरुवा बितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
त्यस्तै शुक्रबार आज बिहानैदेखि दुई वटा गाडिमा माइकिङ गर्दै कर्मचारी सहित बिरुवा ढुवानी गरेका गाडिले घरमै बिरुवा पुर्याउने राेपण कार्यमा सहजिकरण कार्य समेत सँगसँगै गरिएको छ ।
दैनिक जीवनमा काम लाग्ने र उपभोक्ताहरुले लगाउन माग गरिरहेका प्रजातिका बिरुवा नि: शुल्क वितरण थालिएको कार्यालयका सूचना अधिकारी खिम बहादुर के. सी. ले जानकारी दिनुभएको छ । अभियानका क्रममा टिमुर,दालचिनी,अमला,कल्की, कपुर,पारिजात लगायतका प्रजातिका विरुवा दिने ब्यवस्था गरिएको छ ।
