
Rks
Rsb
Tgp
Ssb
Usb
Ksb
jsb
Nsb
Gsb
Ksb
Ssb
Ksb
Bsn
Csb
Ppu
Fmb

Tsb
Usb
Hl1
Ssb
Gsb

Rgu
ptl
Nps
बाँके । सशस्त्र प्रहरीले नेपालगन्जको सिमा नाका नजिकैबाट आज फेरि अवैधरुपमा राखिएको ठुलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल जमुनाह बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्कीको कमान्डमा सिमा नाकामा खटिएको टोलीले आज बिहान साढे ११ बजे नेपालगन्ज १५ जमुनाह गाउँ नजिकै बेवारिसे अवस्थामा राखिएको ठुलो परिमाणको लागूऔषध ट्रमाडोल क्याप्सुल बरामद गरेको जमुनाह बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिएका छन् ।
सिमा नाका नजिकै शंकास्पद तरिकाले प्लास्टिकमा बेरेर राखिएको अवस्थामा चेक जाँचका क्रममा सशस्त्र प्रहरीले ४८० क्याप्सुल ट्रमाडोल लागूऔषध बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए ।
बरामद गरिएको लागूऔषध ट्रमाडोललाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्ज भन्सार कार्यालय अगाडिबाट एक जना र जमुनाह गाउँबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरी आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइसकेको छ ।
