Sidha Patra मंगलबार, आषाढ २८, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिकाको प्रशासनिक कार्यालय भवन पायक पर्ने ठाउँमा राख्नुपर्ने माग राख्दै वडा नम्बर ५,६ र ७ द्वारा गठित संघर्ष समितिले राजपुर गाउँपालिकालाई सोमबार ज्ञापन-पत्र हस्तान्तरण गरेको छ ।

संघर्ष समितिका संयोजक पूर्णबहादुर चौधरी,भोगेन्द्र सिंह राजपुत,घनश्याम चौधरी लगायतको नेतृत्वमा गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेललाई गाउँपालिकाको कार्यालयमा पुगेर ३ सय जनाको हस्ताक्षर भएको ज्ञापन-पत्र बुझाएको हो ।

त्यस्तै समितिले ज्ञापन-पत्र मार्फत बुझाइएको मागको विषयमा छलफल नगरी कुनै माग सुनुवाइ नभएको खण्डमा पुरै ३ वटै वडाबाट आम नागरिकलाई आन्दोलनमा उतार्ने र चर्को आन्दोलन गर्ने बताएको छ । आफुहरुले जबर्जस्तीले नभएर सहमतिको आधारमा व्यापक छलफल गरि ज्ञापन-पत्र बुझाएको भोगेन्द्र सिंह राजपुतले जानकारी दिए ।

राजपुतका अनुसार समितिको माग सके गंगदीमा नसके सबैलाई पायक पर्ने बैंक,बजार लगायत सम्पूर्ण सेवा सुविधा युक्त स्थान वडा नम्बर ५ को जंग्रहवा भएको हुँदा जंग्रहवामै गाउँपालिकाको प्रशासनिक कार्यालय भवन राख्नु पर्ने जोड दिइएको बताएका छन् ।

यता राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले गाउँपालिकाको प्रशासनिक कार्यालय भवन र प्रन्ध्र सैया अस्पतालको विषयमा आफुले गाउँ सभामा प्रस्ताव राख्दा सभा सदस्यहरुले सर्वसम्मत रुपमा दुलैयामा गाउँपालिका र गंगदीमा अस्पताल राख्ने भनि निर्णय गरेको बताए ।

त्यस्तै उनले भने यसैगरी एउटै विषयमा बारम्बार अल्झिरहे राजपुरको विकासमा कहिले परिवर्तन नआउने भएको हुँदा सम्बन्धित सरोकारवाला निकायलाई समग्र गाउँपालिकाको विकासमा टेवा पुग्ने गरि सहयोग गर्न आग्रह गरेका छन् । हेर्नुहोस ज्ञापन-पत्र

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]