महेन्द्र सिंह/बाँके आइतबार, आषाढ २६, २०७९

बाँके । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ मा आज वृक्षरोपण कार्यक्रम थियो । वृक्षरोपणमा सहभागी हुन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षमन्त्री सुरेन्द्र हमाल पनि पुगेका थिए ।

उक्त कार्यक्रममा जिल्ला वन अधिकृतसहित वनका कर्मचारी र स्थानीय बासिन्दाहरू सहभागी थिए । एक्कासि जिल्ला वन अधिकृतको मोबाइलको घण्टी बज्यो । वडा नम्बर २ का स्थानीय खडकबहादुर खत्रीकाे फाेन थियाे ।

वन अधिकृतले हेलाे भन्न नपाउँदै खत्रीले उताबाट भने, ‘लाै न हजुर । मेराे घरमा गाेमन सर्प भेटियाे । बचाइदिनुपर्‍याे ।’ फाेनमा भएकाे कुराकानी नजिकै रहेका वनमन्त्री हमालले सुनिहाले । हत्न न पत्त उनी पनि सर्पकाे उद्धार गर्न भन्दै दाैडिए ।

सर्प घरआँगनमा देखिने बित्तिकै मानिसहरू उसलाई मार्न तम्सन्छन् । तर खत्रीले वन अधिकृतलाई फाेन गरेर रेस्क्यु गर्ने टाेली मगाएका हुन् । वनका कर्मचारीकाे टाेलीसँगै पुगेका वनमन्त्री हमाल आफैँ पनि उद्धारमा खटिए ।

मन्त्री हमालका अनुसार खत्रीकाे घरमा भेटिएकाे उक्त सर्पलाई नजिकैकाे जंगलमा छाेडिएकाे छ । उनले सर्पलाई असुरक्षित महसुस हुने गरी क्रियाकलाप नगरे उसले आक्रमण नगर्ने भएकाले देखेमा मारिहाल्नुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]