
Pbu
mbd
Rbs
Mbdvs
Gisld
Sds

Bbu
Asm
Rsb
Rgu
Rgu
Ggd
Sbs
Gst
Ssm
Rgs
Wsp
Sls
nsb
Vor
Bbbpu
Tsm
Ksm
Hal
Pvg

Pls
Abd
Rpp
Rmb
Ptm
Jmb
Bml
Jmb
Syp
Mks
bbt
sab
Gsb
दाङ । सडक डिभिजन कार्यालय दाङको “सुरक्षित सडक हाम्रो प्राथमिकता”भन्ने मुल गेटमा लेखिएको नारा नागरिक मैत्री नभइ नागरिकलाई चरणम सास्ती दिने र गटमै सिमित भएकोछ। आफ्नो गेट वरिपरि समेत त्यो नाराले सडक डिभिजनलाई नै गिज्याइ रहेकोछ। नारा मात्रै राम्रो लेख्ने र काममा सिन्को नभाच्ने नेपालको प्रवृत्ति यसले पनि उजागर गरेकोछ। आफ्नै गेट अगाडि त यो दशाछ बाहिरी सडक कस्तो होला आँकलन गर्न त्यति गाह्रो नपर्ला। यता पुर्व-पश्चिम् (महेन्द्र) राजमार्गको दशा हेर्नेहो भने त्यो सडकमा गाडी चलाउने चालकलाई मात्रै होइन यात्रा गर्ने यात्रीले समेत राम्रो संग भोगेकाछ्न।
ठाउँठाउँमा ठूल्ठूला खाल्डाखुल्डी परेकाछ्न। तिनी खाल्डाखुल्डीमा चल्ने सवारी साधनहरु चलाउन सास्ती त खेप्नु परेकैछ तर सवारी दुर्घटनाको ठूलो जोखिम पनिछ। सवारी दुर्घटना विभिन्न कारणले हुने गर्छन जसमध्ये खराब सडक पनि एकहो। खराब सडकका कारणले भएका दुर्घटना हरुलाई पनि चालकलाई दोष दिने र सम्बन्धित निकाय उम्कने गरेकाछ्न। गत वर्षहरुमा राजमार्गका खाल्डाखुल्डी टालटुल गर्ने र आषाढे बजेट पचाउने गरेको देखिन्थ्यो यो वर्ष त त्यो पनि गरेको देखिएन। तत्कालीन राजा महेन्द्रले २०१९ सालमा नवलपरासीको गैंडाकोटमा उद्घाटन गरिएको यो सडक अहिले धुजाधुजा भएर जिर्ण भइ सक्दा समेत कसैको ध्यान गएको छैन। १० टन क्षमताको यो सडकमा २४ टन भार भएका सवारीसाधन गुड्दा सडकको यो अवस्था भएको हो। पछिल्लो समय राज्यको नीति फेरिएर बढी भार भएका सवारीसाधनलाई इन्ट्री त दिइयो तर सडक स्तर वृद्धि नगर्दा यो समस्या आएको हो। सडक डिभिजनले गेटमा मात्रै नारा लेख्ने र सडक सुधारमा ध्यान दिएन भने नागरिकले ठूलो सास्ती खेप्नु पर्ने त छदैछ यसका साथै ठूलै सवारी दुर्घटनाहुने र जनधनको क्षति ब्यहोर्नु पर्ने भनाई सरोकारवालाहरुको रहेकोछ।
