
Pbu
cjs
Djs
Srbpu
Pes
Rgp1
Sgr
sbs
Unsku
Rgp
Ggp
Lnp
Gfs
pku

Sbs
Gst
Ggd
Sls
Hal
Pvg
Tsm
Bbu
Bbbpu
Rsb
Vor
Rgu
nsb
Wsp
Ksm
Ssm
Rgs
Asm
Rgu

Jmb
Rpp
Rmb
Syp
Ptm
bbt
Abd
Gsb
Bml
sab
Pls
Mks
Jmb
दाङ । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसँगै दाङमा ९ वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् ।
त्यस्तै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी घोराही उपमहानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि शर्माले सरकारको राष्ट्रिय नीति अनुसार गर्भदेखि जन्मेपछि पनि हरेक शिशुलाई पूर्ण खोप सुनिश्चित गर्दै स्वस्थ नागरिक बनाउन अभियानलाई सफल बनाउनु भनेको देशलाई नै स्वस्थ बनाउनु रहेको बताउनुभयो ।
नागरिक स्वस्थ भएमात्रै मुलुकमा सबै खालको विकास सम्भव रहेको हुँदा अबका दिनमा कोही पनि खोप पाउनबाट वन्चित हुने अवस्था नहोस् भन्ने तर्फ सबै चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा,नगरप्रमुख चौधरीले पालिकाका १९ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित गरिएको प्रमाण पत्र प्रदान गर्नुभयो भने जिल्ला समन्वय समिति प्रमुख शर्माले नगरप्रमुख चौधरीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको प्रमाण पत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले नागरिकमा स्वास्थ्य सचेतना बढ्दै गएकाले स्वास्थ्यका सूचकमा सुधार हुँदै गएको बताउनुभयो । जिल्लाका बबई गाउँपालिका बाहेक अरु पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भईसकेका छन् ।
त्यस्तै राप्ती गाउँपालिकाबाट थालनी गरिएको यो अभियान अब पर्सी आईतबार बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेसँगै दाङ जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने छ ।
